३ भदौँ, काठमाडौँ । नबिल बैंकले नबिल क्यास मेशिन जारी गरेको छ । आधुनिक बैंकिङ युगको सुरुवात गर्ने तर्फ बैंक केन्द्रित हुँदै यस क्यास मेशिनले ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको बैंकले जनाएको छ ।
यस प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीन धारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेसिनमा १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने छन् । साथै यस मार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन् ।
वि.सं.२०७८ भदौ ३ बिहीवार ११:४१ मा प्रकाशित






























