भदौ ३, काठमाडौं । सरकार निर्माणको एक महिना पुरा हुँदा पनि मन्त्रिपरिषद्ले पूर्णंता पाउन सकेको छैन । मन्त्रिपरिषद्ले पूर्णंता नपाउँदा सरकार सामान्य अपेक्षित रुपमा पनि सक्रिय हुन सकेको छैन् ।
पछिल्लो समय संसद अधिवेशन अन्त्य र राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै एमाले र जसपामा देखिएको विभाजनले थप अन्यौंलता देखिएको छ । सरकारमा जान तयार माधवकुमार नेपाल नेतृत्वको समूहको दल दर्ता प्रक्रिया कहिलेसम्म पुरा हुने स्पष्ट छैन् ।
यस्तोमा मन्त्रिपरिषदले पूर्णंता पाउन अझै महिना दिन त कुनुपर्ने होइन् भन्ने प्रश्न उब्जीएको छ ।
बिहीबार समाजवादी केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुप्रति पनि धेरैको प्रश्न यहि थियो । कार्यक्रममा सम्बोधन गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्रकारले पनि नोटिस नै दिएर ‘मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ ?’ भनि प्रश्न तेर्साएका थिए ।
माधव समूहको दल टुंगो नभई हुन्न मन्त्रिपरिषद् विस्तार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार मन्त्रिपरिषद् विस्तारको गृहकार्य भईरहेको छ । तर, माधवकुमार नेपाल नेतृत्वमा दर्ताको निवेदन भएको नेकपा एमाले (समाजवादी) दलको सनाखत प्रक्रिया पुरा नभई मन्त्रिपरिषद् विस्तार नहुने प्रचण्डले बताएका छन् ।
‘हिजोबाट नयाँ परिस्थिति बनेको छ, दर्ता भएको पार्टीको सनाखत टुंगो लागेसँगै मन्त्रिपरिषद विस्तार हुन्छ’, प्रचण्डले भनेका छन्, ‘माधव जीलगायत सबै सहभागी नगरी विस्तार हुँदैन् । हामी त्यसैको तयारीमा छौं ।’
वि.सं.२०७८ भदौ ३ बिहीवार १७:३४ मा प्रकाशित






























