Logo
६ आश्विन २०७८, बुधबार
     Wed Sep 22 2021
Logo

एमाले विभाजनको असर प्रदेशमा, के टिक्ला प्रदेश १ र बागमतीको सरकार ?



भदौ ३, काठमाडौं । माधवकुमार नेपालले नयाँ दल दर्ता गरेसँगै एमाले नेतृत्वको प्रदेश १ र बागमती प्रदेशको सरकार संकटमा पुगेका छन् । शेरधन राई नेतृत्वको सरकार मात्रै होइन् बुधबार मात्रै मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको भविष्य के हुने अन्यौंल देखिएको छ ।

दुवै प्रदेशका सरकारहरु विभाजन पूर्व स्पष्ट बहुमतको अवस्थामा थिए तर, विभाजनपश्चात माधव पक्षले छुट्टै पार्टी दर्ता गरेसँगै को–कता जाने अन्यौंल देखिएको छ । प्रदेश १ र बागमतीमा माधव पक्षको उपस्थिति बलियो छ । तर, बागमतीमा अष्टलक्ष्मी नै मुख्यमन्त्री बन्दा सांसदहरु विभाजित हुने सम्भावना रहेपनि केहि सांसदले साथ नदिए टिक्ने अवस्था छैन् ।

शेरधनको अनुकुलमा छैन् अंकगणित

९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ एमालेसँग एकलै ५१ सांसद छन् । जुन सरकार गठनको लागि बहुमत पनि हो । तर, एमाले विभाजन भएसँगै प्रारम्भिक रुपमै ५१ सांसदमध्ये १५ सांसद माधव पक्षमा देखिएका छन् । योसँगै शेरधन राई नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ । राईको पक्षमा मात्रै ३६ सांसद देखिएका छन् ।

राईलाई बहुमत पुर्याउन थप ११ सांसदको आवश्यकता पर्दछ । तर पछिल्लो सत्ता समिकरणलाई हेर्दा त्यो सम्भव देखिन्न ।

प्रदेश सभामा कांग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिकका १÷१ सांसद छन् । केन्द्रमा कांग्रेस, माओवादीसहितको गठबन्धनमा सहभागि माधव नेतृत्वको एमाले समाजवादी ओलीलाई सहयोग गर्ने पक्षमा छैन् । जसले स्वतः राई नेतृत्वको सरकार रहने सम्भावना देखिन्न ।

केहि दिन टिक्नै मुश्किल छ अष्टलक्ष्मीलाई

लामो समयदेखि माधव पक्षमा देखिएकी अष्टलक्ष्मी शाक्यले अन्तिम समय अनौठो गरि राजनीतिक ‘यूटर्न’ लिइन् । केन्द्रमा माधव पक्षले ओलीसँग औपचारिक सम्बन्ध विच्छेदको तयारी गरिरहेको बेला बुधबार प्रदेश तहमा माधव पक्षलाई छाड्दै उनी नयाँ कोर्षमा देखिएकी थिइन् । उनको त्यो निर्णयका आधारमा नै ओली पक्षले डोरमणि पौडेललाई राजीनामा दिन लगाउँदै उक्त ठाउँमा अष्टलक्ष्मीलाई ल्याएको थियो ।

बुधबार मुख्यमन्त्री बनेकी शाक्य भने कति दिन पदमा रहन्छिन् भन्ने निश्चित भने देखिएको छैन् । एमाले बहुमत भएपनि माधव पक्षका २ सांसद मात्रै बाहिरिए पनि अल्पमतमा पुग्ने अवस्थाले त्यस्तो देखिएको हो । माधव पक्षका प्रदेशसभाका केहि सदस्य घोषित रुपमै एमालेबाट बाहिरिइसकेका छन् ।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको आवश्यकता पर्दछ । हाल एमालेसँग ५६ जना नै सांसद छन् । तर एक जना सांसद पनि बाहिरिए सरकार टिक्ने अवस्था छैन् ।

बागमतीमा एमालेका ५६ सांसदमध्ये तत्कालिन अवस्थामा २२ सांसद माधव पक्षमा खुल्दै आएका थिए । जसमध्ये अष्टलक्ष्मीको पक्षमा १० र बाँकी राजेन्द्र पाण्डेको पक्षमा रहेको बताइन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सुनको भाउ बुधवारको बजारमा ह्वात्तै वृद्दि भएको

काठमाडौं । नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएको प्रति कांग्रेसभित्रै असन्तुष्टी देखिएको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना