३ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरी बिरामी परेका छन् ।
उनको भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भैरहेको छ । घाँटीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको स्वास्थ अवस्था जटिल बन्दै गईरहेको बताइएको छ ।
गिरीलाई ३ वर्षअघि घाँटीमा क्यान्सरको लक्षण देखिएको थियो । घाँटीको अप्रेसन गर्नु पर्ने नपर्ने विषयमा विहिबार डाक्टरहरुले जानकारी गराउने बताइएको छ ।
काँग्रेस स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस उपसभापति विमलेन्द्र निधि मुम्बई जाने तयारी गरेका छन् । उनीहरु बीच शुक्रबार भेटवार्ता हुने बताइएको छ ।
वि.सं.२०७८ भदौ ३ बिहीवार १२:५७ मा प्रकाशित






























