३ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघको रुवान्डामा पनि शाखा गठन भएको छ ।
एनआरएनए अफ्रिकाका संयोजक रोशन थापाका अनुसार रमेश प्रसाद शर्माको अध्यक्षतामा गठन भएको राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा मोहन श्रेष्ठ, महासचिवमा आशिष थापा, कोषाध्यक्षमा शाश्वत कार्की, महिला संयोजक तिर्सना कोइराला र युवा संयोजकमा टीका राना रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा बिकाश श्रेष्ठ, होमबहादुर खङ्गहा, सुष्मिता शर्मा, सुमित्रा पहाडी, बिरेन्द्र कुमार मण्डल, रामचन्द्र कापर, बेदप्रसाद पाण्डे, प्रकाश दाहाल, भिमबहादुर मगर र शुसान्त मलिक रहेको निर्वाचन संयोजक उमेश आचार्यले जानकारी गराए ।
अफ्रिका संयोजक रोशन थापाका अनुसार रुवाण्डालाई नयाँ राष्ट्रिय समन्वय समितिको रुपमा मान्यता दिन सिफारिश गरिसकिएको छ ।
सन १९९० को दशकमा गृहयुद्धमा परि दश लाख भन्दा बढीको हत्या भएको रुवान्डा भने अहिले अफ्रिकाको सबै भन्दा द्रुत गतिले आर्थिक बिकास भइरहेको देश हो ।
वि.सं.२०७८ भदौ ३ बिहीवार १२:५१ मा प्रकाशित




























