back
CTIZAN AD

अन्तिम समयमा माधवलाई छाडेका नौ नेताहरुले जारी गरे यस्तो अपिल (विज्ञप्तिसहित)

वि.सं.२०७८ भदौ ४ शुक्रवार

693 

shares

४ भदौ, काठमाडौँ । नेकपा एमालेको एउटा समूहले अर्को पार्टी दर्ता गरिसकेको अवस्थामा पनि केही नेताहरु अझै पनि एकताको मध्यस्थता गरिरहेका छन् । माधवकुमार नेपालनिकट रहेका नेकपा एमालेका नौ नेताहरुले अझै पनि एकताको सम्भावना भएको भन्दै पहल गरिरहेका छन् ।

एकताको पक्षमा जोड दिँदै उनीहरुले बिहिबार साँझ संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् ।  उनीहरुले पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

अन्तिम समयमा आएर माधव नेपालको साथ छाडेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले पार्टी अध्यक्षको हैसियतले माधव नेपाल लगायत १४ जनामाथि गर्ने भनिएको कारवाही लगायत सबै प्रकारका कारवाही रद्ध गर्न समेत पार्टी अध्यक्ष सँग अनुरोध गरेका छन् ।

नेताहरुले पार्टीमा देखापरेका मतभेदहरुलाई एकता र विधिसम्मत सञ्चालनको पक्षमा उभिन, धैर्य र सकारात्मक भूमिका निर्वाह गर्न अपिल गरेका छन्।

साथै उनीहरुले विभाजनले कसैको पनि हित नगर्ने भन्दै अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता तथा कार्यकर्ताहरुलाई नयाँ पार्टी दर्ताको प्रक्रियाबाट पछि हट्न आह्वान गरेका छन् ।

उनीहरुले राजनीतिक दल सम्बन्धि अध्यादेशले नेकपा (एमाले) मा मात्र संकट आउने नभई सम्पूर्ण राजनीतिक पार्टीहरुमा समेत प्रभाव पार्ने र राजनीति अनिश्चयको दलदलमा फस्ने खतरा भएकोले अध्यादेशलाई तत्काल फिर्ता गर्न माग गरेका छन्।

मन्त्रीपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले विभाजन भएको छ ।

सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशत भए पुग्‍ने व्यवस्था गरेरअध्यादेश ल्याएको थियो। यस अगाडि संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान रहेकोले त्यसलाई संशोधन गर्न अध्यादेश ल्याइएको हो।

 

वि.सं.२०७८ भदौ ४ शुक्रवार १०:२१ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...