back
CTIZAN AD

खोप लगाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग

वि.सं.२०७८ भदौ ४ शुक्रवार

762 

shares

४ भदौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विद्यार्थी र शिक्षक–कर्मचारीका लागि अविलम्ब खोपको व्यवस्थापन गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग गरेको छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले विज्ञप्ति जारी गरी खोप व्यवस्थापनसहित १५ दिनको अवधि राखी तत्काल उक्त परीक्षा सञ्चालन गर्ने कार्यक्रम प्रकाशित गराई परीक्षाको सुनिश्चिता कायम गर्न सरकारसँग माग गरेका हुन । कोरोना महामारीका कारण बन्द भएकोे बजार–व्यवसाय, उद्योग–कलकारखाना, सार्वजनिक यातायात पूर्णरुपमा खुलेको, त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयको परीक्षा कार्यक्रम यथावत रहेको, लोकसेवा आयोगले लिने परीक्षाहरु सुचारु रहेको, विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीका लागि खोपको समेत व्यवस्थापन भएको सन्दर्भमा कक्षा–१२ को अन्तिम परीक्षा स्थगन हुन नहुने विज्ञप्तिमा उल्लेख छ । साथै उक्त परीक्षा रोकिँदा लाखौँ विद्यार्थीको एक शैक्षिक सत्र खेर जाने खतरा भएकाले चाँडो परीक्षा तय गर्न माग गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ साल कात्तिक २० गते जारी गरेको “विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७” द्वारा निर्देशित विधिको पूर्ण पालना गर्ने गरी महामारीको सङ्क्रमण कम हुँदै गएका क्षेत्रमा भौतिकरुपमा क्रमशः विद्यालय खोल्ने निर्णय पालिकास्तरमा गर्नसक्ने वातावरण बनाइदिन पनि प्याब्सनले सरकारसँग आग्रह गरेको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १०:२३ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...