back
CTIZAN AD

अन्तराष्ट्रिय पर्वत समाजद्धारा एनआरएनएका पर्वतेली नेताहरुलाई बधाई

वि.सं.२०७८ भदौ ६ आइतवार

978 

shares

६ भदौ, काठमाडौ । अन्तरािष्ट्रय पर्वत समाजले एनआरएनएका विभिन्न देशमा रहेका शाखाको नेतृत्वमा निर्वाचित एनआरएनए पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेको छ ।

भदौ ४ गते जुममार्फत् आयोजना गरिएको उक्त कार्यक्रममा समाजका अध्यक्ष पुरन गिरिको अध्यक्षता, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यता, समाजका प्रमुख संरक्षक हितकाजी गुरुङको विशिष्ट आतिथ्यता तथा संरक्षकहरु कुल आचार्य, अर्जुन कुमार श्रेष्ठ शन्तोष जोशी (सुभाष), सुरेन्द्र भुसाल, महेश श्रेष्ठ र मोहन शर्माको विशेष आतिथ्यता रहेको थियो ।

समाजका महासचिव गुणराज शर्मा ‘गुराँस’ तथा प्रवक्ता मणि प्रसाद भुर्तेलको संचालन रहेको उक्त सम्मान तथा बधाई कार्यक्रममा पारस गौतम, रामेश्वर गौतम, गोविन्द प्रसाद गौतम, खडक केसी, कृष्ण तिवारी, ओम् गुरुङ, गगा भुसाल, चिन्तामणि पौडेल, छविलाल भट्टराई र गंगा भुसालको आतिथ्यता रहेको थियो ।

त्यसैगरी विभिन्न देशमा रहेका पर्बत समाजका नेतृत्वहरुमा जापानबाट जनक सुबेदी, युएईबाट कमल लामिछाने, कतारबाट श्याम न्यौपाने, बहराइन बा राम हरि शर्मा, बेल्जियमबाट भिम जोशी नेदरल्याण्डबाट नर बहादुर रोका, पोर्चुगलबाट बिनोद पौडेल, स्पेनबाट दिनेश राज रेग्मी, अमेरिकाबाट धन प्रसाद गुरुङ तथा पर्बत वेलफेयर सोसाइटी युकेबाट नेत्र आलेको उपस्थिति रहेको थियो ।

राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि तिमिल्सिनाले अन्तराष्ट्रिय पर्वत समाजले आयोजना गरेको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै मूल सुत्रमा बाधिन गरेको प्रयास स्वागत योग्य रहेको भन्दै खुसी व्यक्त गरेका थिए ।

प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अतिथिहरुद्धारा बधाई तथा सम्मान गरिएको उक्त कार्यक्रममा कार्यक्रम सयोजक परशुराम पौडेलको स्वागत मन्तव्य तथा समाजका बरिष्ठ उपाध्यक्ष झलक केसीले संस्थाका गतिबिधिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

समाजले सोहि कार्यक्रममा कोरोना संक्रमणका कारण पीडित भएका जिल्लावासीका लागि स्वास्थ्य सामग्री पठाउने क्रममा राष्ट्रिसभाका अध्यक्ष गणेश तिमिल्सिनाको महत्वपूर्ण सहयोग रहेको भन्दै धन्यवाद ज्ञापन समेत गरेको छ ।

समाजका अध्यक्ष गिरिले सम्पूर्णलाइ धन्यबाद दिदै सम्बृद्ध पर्बत अभियानमा जोडिन र बिस्वभरी रहेका पर्वतेलीहरुको सीप र पुँजी पर्बत वा नेपालमा भित्राउने अभियानमा जोड दिन अपिल समेत गरेका थिए ।

No description available.

यी हुन् निर्वाचित हुने पदाधिकारीहरु

१-देव बहादुर गुरुङ, उपाध्यक्ष एनआरएनए अष्ट्रेलिया, मोदी गाउपालिका ५ चित्रे,

२ -चन्द्र प्रसाद तिवारी, उप युवासंयोजक अस्ट्रेलिया, पैयु गाउपलिका – सरौखोला

३-लोक बहादुर पुन, उपाध्यक्ष, एनआरएनए फ्रान्स, जलजला गाउँपालिका – ६ सालिजा

४- संगीता पौडेल, महिला उपाध्यक्ष, एनआरएनए फ्रान्स, कुश्मा नगरपालिका पकुवा

५ -दिलिप गुरुङ, महासचिव, एनआरएनए फ्रान्स, बिहादी गाउपालिका ४ ।

६- कमल बिक्रम केसी, सचिब, एनआरएनए फ्रान्स, जलजला गाउँपालिका –२ माझ फाँट ।

७- मन बहादुर सेन्चुरी, सदस्य एनआरएनए फ्रान्स, जलजला गाउपालिका –२ माझ फाँट

८- किरण अधिकारी, उपाध्यक्ष एनआरएनए, दक्षिण कोरिया , जलजला गाऊपालिका वार्ड न २

९- रोशन शर्मा पौड्याल, सदस्य एनआरएनए, दक्षिण कोरिया, फलेवास नगरपालिका

१० -शिव प्रसाद पौडेल, सहकोषाध्यक्ष एनआरएनए स्पेन फलेबास नगरपालिका

११- प्रकाश पूरी, सदस्य, एनआरएनए स्पेन, विहादी गाउँपालिका

१२ -रोशन जोशी ( भीम), आइसीसी सदस्य बेल्जियम, कुश्मा नगरपालिका

१३ -खड्क केसी, अध्यक्ष, एनआरएनए बेल्जियम, जलजला गाउँपालिका

१४ -लाल बहादुर गुरुङ , उपाध्यक्ष एनआरएनए बेल्जियम, कुश्मा नगरपालिका

१५ -राजेश केसी, युवा उपाध्यक्ष, एनआरएनए बेल्जियम, जलजला गाउँपालिका

१६- सुबास भट्ट, सचिब, एनआरएनए बेल्जियम, फलेबास नगरपालिका

१७ -बिष्णु पोख्रेल, बरिष्ठ उपाध्यक्ष, एनआरएनए नेदरल्याण्ड, कुश्मा नगरपालिका

१८- अमीर गुरुङ, उपाध्यक्ष, एनआरएनए नेदरल्याण्ड, महाशीला गाउँपालिका

१९ -सुशिला बानिया रोका, कोषाध्यक्ष, एनआरएनए नेदरल्याण्ड, जलजला गाउँपालिका

२०- राम रेग्मी, सदस्य, एनआरएनए नेदरल्याण्ड, कुश्मा नगरपालिका

२१- नारायण गौडेल, सदस्य, एनआरएनए डेनमार्क, फलेवास नगरपालिका

२२-भीमलाल भट्टराइर्, आइसिसि सदस्य, एनआरएनए बेलायत बिहादी गाउँपालिका

२३- रामेश्वर गौतम, आईसिसि सदस्य, एनआरएनए रसिया, फलेवास नगरपालिका

२४ मुक्ति राज रेग्मी, संयोजक, एनआरएनए चिवा क्षेत्रिय समिति, जापान, जलजला साबिकको लेखफाँट,

२५- सज्जन सूबेदी, बिद्यार्थी सदस्य, क्युस्यु क्षेत्रिय समिति जापान, जलजला गाउँपालिका ।

२६ -विजय काफ्ले, सचिब, एनआरएनए नर्बे, बिहादी गाउपलिका–उराम

२७ -पूर्ण चन्द्र भुसाल, सदस्य एनआरएनए नर्बे, बिहादी गाउपलिका – लिङ्गसिया

२८ -हेमराज सापकोटा, उपाध्यक्ष, एनआरएनए मलेशिया, फलेबास नगरपालिका – मुदिकुवा ४ रुग्दी

२९ -नारायण अधिकारी, सचिव, एनआरएनए, मलेशिया, महाशिला गाउँपालिका – ५ लुङ्खुदेउराली छहरे

३० -सुर्य भण्डारी, सदस्य, एनआरएनए बहराइन जलजला गाँउपालिका वार्ड नम्बर – ३

३१- टीका राम आचार्य, बरिष्ठ उपाध्यक्ष, एनआरएनए कुवेत जलजला –७ धाइरिङ

३२ -ओम बहादुरि क्षेत्री (सन्तोष), प्रवक्ता, एनआरएनए कतार, फलेवास नगरपालिका १० कुर्घा

३३- सबिन्द्र श्रेष्ठ सदस्य एनआरएनए कतार, पैयुँ गाउपालिका ४ हुवास

३४- सेवक बिक, सदस्य, एनआरएनए कतार, कुश्मा नगरपालिका १ पाङ

३५- रमेश प्रसाद शर्मा, अध्यक्ष एनआरएनए रुवान्डा, फलेबास नगरपालिका, देबिस्थान

३६ -श्रीमती सुस्मिता सुवेदी शर्मा सदस्य, एनआएनए रुवान्डा, फलेबास नगरपालिका – देबिस्थान

वि.सं.२०७८ भदौ ६ आइतवार १३:५० मा प्रकाशित

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...