६ भदौँ, काठमाडौँ । राजिस्थान रोयल्सले न्यूजिल्याण्डका विस्फोटक विकेट-किपर ब्याट्सम्यान ग्लेन फिलिप्सलाई टिममा अनुबन्धित गरेको छ ।
राजिस्थान रोयल्सले टविट्बाट ट्वीट गर्दै ग्लेन फिलिप्सलाई टिममा अनुबन्धित गरेको जानकारी दिएको हो ।
Here we go confirmed! ?
See you soon in Pink, Glenn. ?#HallaBol | #RoyalsFamily | #IPL2021 pic.twitter.com/ZBlV161oJf
— Rajasthan Royals (@rajasthanroyals) August 21, 2021
ग्लेन फिलिप्सले न्यूजिल्याण्डका लागि २५ टि-२० अन्तराष्ट्रिय खेल खेलेका छन जसमा उनले ५०५ रन बनाएका छन । त्यसक्रममा उनले १ सतक र २ अर्धसतक बनाएका छन ।
जस बटलर, जोफ्रा आर्चर र बेन स्टोक्स २०२१ को आईपिएलको बाँकी खेलबाट बाहिरिए पछि राजिस्थान रोयल्सले ग्लेन फिलिप्सलाई टिममा अनुबन्धित गरेको हो ।
कोरोना भाइरसको संक्रमणकाे कारण बिचमै स्थगित भएको २०२१ को आईपिएल सेप्टेम्बर १९ बाट पुन सुरु हुदैँछ ।
वि.सं.२०७८ भदौ ६ आइतवार १४:२३ मा प्रकाशित





























