back
CTIZAN AD

माधव छाड्ने नेताहरु फकाउने सुत्र खोज्दै ओली

वि.सं.२०७८ भदौ ६ आइतवार

696 

shares

भदौ ६, काठमाडौं । पार्टी विभाजनको बेला माधवकुमार नेपाललाई अन्तिम समय साथ छाडेका नेताहरुलाई फकाउन एमालेको संस्थापन पक्ष जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव छाडेका नेताहरुलाई फकाउन दोस्रो तहका मुख्य नेताहरुलाई जिम्मेवारी समूह नै बनाएर खटाएका छन् ।

ओलीले माधव पक्षका नेताहरु फकाउन सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल, शंकर पोखरेललगायतलाई खटाएको बुझिएको छ । १० बुँदे सहमति गराएका नेताहरुले नै फकाउन सक्ने भन्दै उनीहरुलाई खटाएको बालकोट स्रोत बताउँछ ।

फकाउने सुत्र १० बुँदे र महत्वपूर्णं जिम्मेवारी

ओलीले एमाले विवाद कार्यदलले सहमति गरेको १० बुँदेलाई सम्झौता अक्षरस कार्यान्वयन हुने आश्वासन माधव पक्षका नेताहरुलाई दिएका छन् । उनले आफुँ निकटका नेताहरुमार्फत पार्टीको महत्वपूर्णं जिम्मेवारीमा पनि भूमिका दिने आश्वासन दिएको बताइएको छ ।

माधव पक्षमा नगएका सांसद तथा नेतामाथि यसअघि गरिएको सबै कारबाही पनि फिर्ता लिने ओलीको आश्वासन छ ।

बताइएअनुसार निर्वाचन आयोगले माधव पक्षलाई सनाखतको लागि बोलाएको समय अगावै ओलीले १० बुँदे कार्यान्वयनलगायतका विषयमा घोषणा गर्ने गरि तयारी गर्न लगाएका छन् । माधवले खोलेको पार्टीमा नगएका नेताहरुले शुक्रबार बैठक राख्दै सहमति कार्यान्वयन नगरे पार्टी छाड्ने चेतावनी दिएका थिए ।

वि.सं.२०७८ भदौ ६ आइतवार १५:३३ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...