भदौ ६, काठमाडौं । चीनका लागी नेपालका पूर्वराजदूत एवं पूर्वमुख्यसचिव लीलामणी पौडेललाई पितृशोक परेको छ । पौडेलका बुबा अनन्त राम पौडेलको ८८ वर्षको उमेरमा गुल्मीको रुरुक्षेत्र गाउँपालीका रानीवासस्थित आफनै निवासमा शनिबार साँझ ६ बजे निधन भएको हो ।
वि.सं. १९९० को माघ १० गते जन्मेका पौडेलका ३ छोरा र ६ छोरी रहेका छन् । निधनपछिको अन्तेष्टिकार्य सकिएसँगै राजनीतिज्ञ, प्रशासन र कुटनैतिक क्षेत्र तथा सामाजिक अभियन्ताहरुले श्रद्धान्जली अर्पण तथा शोकसंतप्त परीवारजनप्रति सञ्जालमार्फत समवेदना व्यक्त गरीरहेका छन् भने गुल्मीको ठुलो जनसमुहले भौतिक उपस्थिती जनाएको छ ।
स्वर्गीय अनन्तरामका श्रीमती टीकादेवी र पार्वती पौडेल, छोराहरु लीलामणि, लक्ष्मण, नारायण तथा छोरीहरु दिल कुमारी आचार्य, चन्द्रकला ज्ञवाली, सरस्वती ज्ञवाली, पार्वती नेपाल, डा लक्ष्मी ज्ञवाली र सीता ज्ञवाली रहेका छन् ।
वि.सं.२०७८ भदौ ६ आइतवार १५:५६ मा प्रकाशित






























