back
CTIZAN AD

साहित्यकार घिमिरेको दुई काव्य लोकार्पण

वि.सं.२०७८ भदौ ६ आइतवार

705 

shares

६ भदौ, चितवन । साहित्यकार सुमन घिमिरेका दुई वटा काव्य एकैपटक लोकार्पण गरिएको छ ।

पर्यटन व्यवसायीसमेत रहेका घिमिरेका नेपाली भाषाको कविता सङ्ग्रह ‘सुनको टप’ र अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह ‘साइक्लोन अफ फायर’ लोकार्पण गरिएको हो ।

प्रकाशक गोर्खा पब्लिकेसन्स प्रालिको आयोजना र कविडाँडा साहित्य समाज चितवनको संयोजनमा भएको कार्यक्रममा साहित्यकार प्रतिक ढकालले दुवै कृति एकसाथ लोकार्पण गरे ।

सो अवसरमा कवि भुपिन र चेतराज रेग्मीले कविताको समीक्षा गरेका थिए । कविताको समीक्षा गर्दै कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीले मुलुकको वास्तविकता कवितामार्फत चित्रण भएको बताए ।

कवि घिमिरेको विसं २०६८ मा पहिलो कविता सङ्ग्रह ‘मेरो बैंसको क्यालेण्डर’ सार्वजनिक भएको थियो । यी १० वर्षको बीचमा लेखिएका कवितालाई यस सङ्ग्रहमा स्थान दिएको कवि घिमिरेले बताए । घिमिरे क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष समेत छन् ।

वि.सं.२०७८ भदौ ६ आइतवार १५:२७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...