Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

काभ्रेपलाञ्चोकमा ७ हजार १९१ नयाँ मतदाता थपिए



११ फागुन,बनेपा । काभ्रेपलाञ्चोक जिल्ला निर्वाचन कार्यलयले चार महिनाको अवधिमा थप ७ हजार १९१ नयाँ मतदाताको फोटो सहितको नामावली संकलन गरेको छ ।

तीमध्ये विभिन्न गाविस र नगरपालिकमा संचालन भएको घुम्ति शिविरबाट ५ हजार ८१९ र जिल्ला प्रसासन कार्यालय र निर्वाचन कार्यालयबाट १ हजार ३७२ जनाको फोटो सहितको मतदाता नामावली संकलन भएको कार्यालयले जनाएको छ ।
सङ्कलित नामावली गत कार्तिक १ देखि फागुन ९ गतेसम्मको हो ।
जिल्लामा फोटो सहित मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या कुल २ लाख ३८ हजार ३७० पुगेको छ । यसमध्ये पनि २ हजार १५१ जनाको मृत्यु भएकाले उनीहरुको नाम हटाइने कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

गत पुस ११ देखि माघ २७ गतेसम्म जिल्लाको प्रत्येक गाविस र नगरपालिकामा नै फोटो सहितको मतदाता नामावली संकलनका लागि घुम्ति शिविर नै संचालन भएको थियो । अठार बर्ष उमेर पुगेका र फोटो सहितको मतदाता नामावलीमा नाम उल्लेख भएकाले मात्रै अब हुने स्थानीय निर्वाचनमा भाग लिन पाउने छन् ।
निर्वाचनलाई लक्षित गरेर फागुन ९ गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन कार्य पनि बन्द भएको छ । पुनः संरचना अनुसार काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र ७ गाँउपालिका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले