back
CTIZAN AD

लायन्स क्लब अफ काठमाडौं टेम्पलले उज्यालो उत्सव गर्ने

वि.सं.२०७३ फागुन ११ बुधवार

1.2K 

shares

Posterकाठमाडौँ । लायन्स क्लब अफ काठमाडौं टेम्पलले उज्यालो उत्सव २०७३ नामक भव्य सांगितीक कार्यक्रम आयोजना गर्ने भएको छ । टेम्पलले अध्यारोबाट उज्यालोतिर भन्दै दृष्टीबिहीन बालबालिकाका लागि भवन निर्माणार्थ दृष्टीबिहीनका खातिर सांगितीक कार्यक्रम उज्यालो उत्सव २०७३ आयोजना गर्न लागेको हो । क्लबका अध्यक्ष अरुणकुमार श्रेष्ठले दृष्टीबिहीन बालबालिकाको सहज जीवनयापनका लागि सांगितीक कार्यक्रम गरेर भवन निर्माण गर्न लागेको जानकारी गराए । २८ वर्षदेखि जापानमा बसेर समाज सेवा गर्दै आएका लायन्स क्लब अफ
काठमाडौं टेम्पलका अध्यक्ष श्रेष्ठले आफै सांगामा ३ रोपनी जग्गा उपलब्ध गराई आफ्नो संस्थामार्पmत सांगितीक कार्यक्रम आयोजना गरेर त्यसमार्पmत हुने आय आर्जनबाट उनीहरुका
लागि भवन निर्माण गर्न लागेका हन् । ‘मेरो बुवाको आँखामा समस्या भएपछि त्यसको उपचार गराउन काठमाडौं आएको बेला दृष्टीबिहीनहरुको समस्या र कठिनाईलाई नजिकबाट बुझ्ने मौका पाएँ । लायन्स क्लब अफ काठमाडौं टेम्पलसमेतको सहभागितामा लमजुङको दुराडाँडामा गरिएको
आँखा शिवीरबाट यसबारे अझ गहन अध्ययन गर्ने अवसर मिल्यो। यी कुराबाट यो कार्यक्रम गर्ने प्रेरित भयौँ’ अक्ष्यक्ष श्रेष्ठको भनाई थियो ‘दृष्टीसम्बन्धि कतिपय समस्या उपचारबाट
पनि ठिक हुन्छ । तर कतिपय अवस्थामा जति उपचार गरे पनि दृष्टी फर्काउन सम्भव हुँदैन भन्ने कुरा बुझेपछि हामीले दृष्टीबिहीनको भविष्यका लागि केही गर्नुपर्छ भन्ने महशुस गरेर नेपालमा भएका दृष्टीबिहीनहरुका लागि आवसिय भवन निर्माणका खातिर सहयोग जुटाउन यो कार्यक्रम गर्न लागेको हौँ । त्यसै गरी टेम्पलका सचिव तथा सो कार्यक्रमका संयोजक सुदर्शन महर्जनले मनोरञ्जनात्मक कार्यक्रम गरेर अर्थ संकलन गरी दृष्टीबिहीन बालबालिकाका लागि भवन निर्माण गर्न लागेको बताए । सहयोग मात्र लिनुभन्दा पनि मनोरञ्जन पनि दिलाउन सकिने र त्यो कार्यक्रमबाट हुने आम्दानीबाट दृष्टीबिहीनहरुको आवसिय भवन निर्माण गर्न सहयोग पुग्ने भएकाले सो बृहत कार्यक्रम गर्न लागिएको उनले प्रष्ट्याए। ‘त्यतीकै सहयोग
लिनुभन्दा पनि मनोरञ्जन दिलाएर सहयोग गरौं भनेर यो कार्यक्रम गर्न लागिएको हो’ महर्जनले भने ‘यसप्रकारको सहयोगको कार्यक्रम गर्दा खर्च कटाएर ४० प्रतिशत संस्थालाई र बांकी ६० प्रतिशत सम्बन्धित क्षेत्रको सहयोगका लागि खर्च गर्ने प्रचलन भए पनि हामी खर्च कटाएर बाँकी हुने सम्पूर्ण रकम भवन निर्माणमै लगाउँदैछौँ।’ आगामी फागुन २१ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने कार्यक्रममा गीत संगित, नृत्य र हास्य व्यग्य प्रस्तुति रहने पनि उनले बताए ।
कार्यक्रममा राजेशपायल राई, पशुपति शर्मा, रमेशराज भट्टराई, मौसम गुरुङ, जीवन परियार, देविका वन्दना, सुनिता गुरुङजस्ता गायक गायिकाका साथमा सुर सुधाले सांगितीक प्रस्तुति प्रस्तुत गर्नेछ । त्यसै गरी गौरी मल्ल, रीश्ता बस्नेत, मेनका गुरुङ,
दिपेन्द्र तिमल्सिना लगायतका कलाकारले नृत्य प्रस्तुत गर्नेछन् भने हास्य कवि शैलेन्द्र सिंखडाले व्यङग्यात्मक कविता प्रस्तुत गर्नेछन् । हाँस्य अभिनेत जितु नेपालको कमेडी र कार्यक्रम सञ्चालनसँगै अगाडि बढ्ने कार्यक्रममा ज्योति काप्mले (नक्कली बाबुराम) र विपना बस्नेत (नक्कली हिसीला यामी) ले प्रहसन प्रस्तुत गर्नेछन् । कार्यक्रमका सहभागी दर्शकले निःशुल्क रुपमा सुरसुधाको सांगितीक धुनहरुले सजिएको नविनतम एलबम प्राप्त गर्ने पनि आयोजकले जानकारी गराएका छन् ।

वि.सं.२०७३ फागुन ११ बुधवार ०५:४० मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...