back
CTIZAN AD

पाल्पा महोत्सवको तयारी पुरा, २ लाख बढीले अवलोकन गर्ने आसा

वि.सं.२०७३ फागुन ११ बुधवार

1.1K 

shares

palpa-mahotsabमुक्तिप्रसाद न्यौपाने, पाल्पा । पाल्पा महोत्सव–२०७३ को तयारी पुरा भएको छ । फागुन १२ देखि २२ गतेसम्म जिल्ला सदरमुकाम तानसेनको टुँडिखेलमा आयोजना हुने महोत्सवको तयारी पुरा भएको हो ।
पाल्पा उद्योग वाणिज्य संघले पाल्पा महोत्सव–२०७३ को तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक मोहनप्रसाद श्रेष्ठले ११ औँ संस्करणका रुपमा गर्न गईरहेको महोत्सव तयारी पुरा भएको बताए । उनी भन्छन्, ‘महोत्सवमा जेष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । स्टल सहभागी एवं प्रवेश टिकटमा एक एक थान गोला प्रथाद्धारा मोटरसाईकल उपहार राखिएको छ ।’ यस महोत्सवमा करिब ८ करोड बढिको कारेबार हुने लक्ष्य लिनुका साथै २ लाख ५० हजार दर्शकले अवलोकन रहने छ भन्ने विश्वास आयोजक समितिले विश्वास लिएका श्रेष्ठले बताए । उनले संस्थाको बहुउद्देश्यीय भवन निर्माण तथा समग्र जिल्लाको विकासका लागि महोत्सव गर्न लागिएको बताए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले धुलो, पानी, भीड र शौचालयको उचित प्रबन्ध गर्नुपर्ने सुझाव व्यक्त गरे । वरिष्ठ पत्रकार मेघराज शर्माले महोत्सव जिल्लाको सामाजिक आर्थिक तथा पर्यटकीय विकासमा कोषढुङ्गा बन्ने बताएका थिए । कार्यक्रममा सहभागी पत्रकारहरुले विगतको महोत्सवका कमीकमजोरी सुधार गर्दै अगाडी बढ्दा महोत्सवको व्यवस्थापन राम्रो बन्ने बताएका थिए । कार्यक्रममा तानसेन नगरपालीकाका कार्यकारी अधिकृत अनिल पौडेलले महोत्सवले जिल्लाको सम्भावनालाई उजागर गर्ने बताएका थिए ।
महोत्सवको मुख्य आकर्षणको रुपमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको शालिक, राउटेद्धारा निर्मित सामाग्रिहरुको प्रदर्शनी, टर्की र अष्ट्रिज चरा, फोटो प्रदर्शनी तथा कृषिजन्य सामाग्रिहरुको उत्पादन प्रदर्शनी रहने छ ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसँगै विभिन्न प्रतियोगिता र विभिन्न कलासंस्कृती प्रदर्शनी गरिने कार्यक्रम रहेको छ । महोत्सवमा झण्डै चार सय ६३ स्टल रहने प्रचारप्रसार उपसमितिका संयोजक शैलेन्द्र भट्टराईले बताए । उनी भन्छन्, ‘५० भन्दा बढी स्टलहरु जनचेतनाका लागि राखिएका छन् । स्थानीय उद्योगी व्यापारीहरुलाई पनि महत्वपूर्ण स्थानहरु प्रदान गरिएको छ ।’ कृषि, अटोमोबाईल, आईटि, बैंक तथा वित्तिय संस्था,, गार्मेन्ट, किराना आदी स्टल रहने भट्टराईले बताए ।
संघको मुख्य आयोजनामा हुने महोत्सवको आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, सह–आयोजकमा जिल्ला विकास समिति, तानसेन नगरपालिका, जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, प्रर्वद्धकमा कृषि उद्यम केन्द्र र नेपाल पर्यटन बोर्ड रहेको छ ।
महोत्सवको मुख्य प्रयोजन नेचर नेष्ट प्रालीले गरेको छ । विशिष्ठ प्रायोजकमा लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल, प्रायोजकमा अर्घाखाँची सिमेन्ट, बृज सिमेन्ट सह–प्रायोजकमा ज्ञानेन्द्र अटो, श्रीनगर यातायात व्यवसायी समिति, पुजा कम्यूटर, ग्रामिण आर्थिक विकास संघ (रेडा), हेरिटेज कार्पेट, कन्चन कोईरिज प्रा.लि छ । महोत्सवमा गोल्छा अर्गनाईनजेशन, दिल सुन्दर श्रेष्ठ, ट्रिसा डायमण्डले सहयोग गरेका छन् । टिकट प्रायोजन मोवाईल घर र वाईफाई पार्टनरमा बोर्डलिङ्ग छ । साँस्कृतिक कार्यक्रम सह–प्रायोजक सेन्चुरी मसला उद्योग, जे.जि.आई. डिष्ट्रिव्यूसन, स्वागतद्धार सौजन्य कर्माचार्य कन्ट्रक्सन, सेन्चुरीहट रेष्टुरेन्ट, श्रीनगर पाल्पा रियल स्टेट, होटल ईन्द्रेणी एन्ड रेष्टुरेन्ट, मदिरा व्यवसायी संघ पाल्पा रहेका छन् ।
महोत्सवबाट ७० लाख आम्दानी हुने र ३० लाख बचत हुने अनुमान संघले गरेको छ । आम्दानीबाट संघको बहुउद्देश्यिय भवन निर्माणका लागि ४० प्रतिशत, सचिवालय व्यवस्थापनमा ३० प्रतिशत, पर्यटन प्रवद्र्धनमा १५, स्वर्ण महोत्सवका लागि १० र टुँडिखेलको स्तरोन्नतिका लागि ५ प्रतिशत खर्च गरिने महोत्सव मूल आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

वि.सं.२०७३ फागुन ११ बुधवार ०५:३२ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...