back
CTIZAN AD

संरक्षण नहुँदा गिद्ध लोप हुँदै

वि.सं.२०७३ फागुन ११ बुधवार

909 

shares

 ११ फागुन,बैतडी । प्रकृतिको कुचिकारको रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुँदै गएका छन् ।

जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय बैतडीमा गिद्ध लोप हुँदै गएका हुन् । प्राय सिमलको रुखमा गुँड बनाउने गिद्धको लागि गुँड बनाउने ठुल्ठुला रुख नभएकाले लोप हुँदै गएका सामुदायिक वन उपभोक्ता महासङ्घ बैतडीका अध्यक्ष चक्रप्रसाद शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “खेतबारीमा अन्न उत्पादन कम भएको भन्दै स्थानीयले भएका ठूला रुख काट्न थालेपछि गुँड बनाउने रुख घट्दै गएका हुन् ।”

नेपाल पन्छी संरक्षण सङ्घले बैतडीमा गत वर्ष १२ ओटा गुँड फेला परेको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय गिद्ध संरक्षण नहुँदा घट्दै गएका छन् ।

गिद्ध संरक्षणका लागि कुनै पहल भएको छैन । सरकारी र स्थानीय तवरबाट पहल हुनसके लोप हँुदै गएका गिद्धको संरक्षण हुने अध्यक्ष शर्माको भनाई छ । गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक्का गरी नयाँ वृक्षरोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । गिद्धको सुरक्षित वासस्थल मानिने अग्ला सिमलका रुखहरु काटिनुले गिद्ध लोप हुने अवस्थामा पुगेको हो ।

पशुहरुमा प्रयोग गरिने डाइक्लोफेनिक औषधिले पनि गिद्धहरु लोप हुन थालेको जानकार बताउँछन् । पशुको जीउ दुख्ने र ज्वरो आउँदा प्रयोग हुने यो औषधि प्रयोगले गिद्धको विनासमा ठूलो भूमिका खेलेको चिकित्सकहरु बताउँछन् । डाइक्लोफेनक औषधि प्रयोग भएको पशुको सिनो खाने गिद्धको मिर्गाैला खराब भई मृत्यु हुने गरेको पशु चिकित्सकको भनाई रहेको छ ।

स्थानीय किसानले पनि मरेको पशुको सिनो व्यवस्थापन गर्ने गर्दा भैँसी मरे मासु खाने अन्य गाईगोरु मर्दा खाडल खनेर पुर्न थालेपछि गिद्धले आहारा नपाएकाले घट्दै गएको जिल्ला पशु सेवा कार्यालय बैतडीका प्रमुख डा नवीन घिमिरेले बताउनुभयो ।

“गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ,” उहाँले भन्नुभयो ।

अहिले विश्वभर २३ प्रजातीका गिद्ध पाइन्छन् । त्यसमध्ये दक्षिण एसियामा ९ र नेपालमा ८ प्रजातीका गिद्ध पाइन्छन् । नेपालमा पाइने ८ प्रजातीका गिद्धमा सानो खैरो, डंगर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन् ।

जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय लोप हँुदै गएका गिद्धको संरक्षण गर्न जरुरी देखिएको छ । रासस

वि.सं.२०७३ फागुन ११ बुधवार ०५:१७ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...