back
CTIZAN AD

अपाङ्गता भएकालाई भत्ता दिँदै सामुदायिक वन

वि.सं.२०७३ फागुन ११ बुधवार

1.1K 

shares

१० फागुन,कञ्चनपुर । अपाङ्गता भएका व्यक्तिहरुलाई कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ मा रहेको बैजनाथ सामुदायिक वनले भत्ताको रकम उपलव्ध गराउने व्यवस्था गरेको छ ।

सामुदायिक वनले समूह बचत तथा राहत कोष स्थापना गरी अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक रुपमा रु तीनसयका दरले भत्ता उपलव्ध गराउने व्यवस्था गरेको हो ।

“बौद्धिक, शारीरिक, मानसिक अपाङग र दृष्टीविहीन १४ जनालाई भत्ताको रकम चौमासिक रुपमा उपलब्ध गराउँदै आएका छौं” सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले भन्नुभयो ।

सामुदायिक वनले कार्य क्षेत्रभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरी आर्थिकरुपमा विपन्न र अरूको सहारामा आश्रित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी भत्ताको रकम उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । पूर्ण अपाङ्गता भएकाहरुलाई पहिलो प्राथमिकतामा राखी भत्ताको रकम उपलव्ध गराउने व्यवस्था पछि मात्रै आंशिक अपाङ्गता भएकालाई भत्ताको रकम दिइने गरिएको छ ।

भत्ताको रकम उपलब्ध गराउनका लागि सामुदायिक वनको काठ, दाउरा र घाँस बिक्रीबाट आएको आम्दानीको पाँच प्रतिशत रकम समूह बचत तथा राहत कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ ।

हाल कोषमा रु एक लाख २४ हजार रकम रहेको छ । सामुदायिक वनले आव ०७३÷७४ देखि अपाङ्गता भएकाहरुलाई भत्ताको रकम दिने व्यवस्था गरेको हो । विसं २०५८ सालमा स्थापना भएको सामुदायिक वनमा ५४० उपभोक्ता आश्रित रहेका छन् । सामुदायिक वन २३० दशमलव ०१ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

वि.सं.२०७३ फागुन ११ बुधवार ०५:०१ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...