Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

अपाङ्गता भएकालाई भत्ता दिँदै सामुदायिक वन



१० फागुन,कञ्चनपुर । अपाङ्गता भएका व्यक्तिहरुलाई कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ मा रहेको बैजनाथ सामुदायिक वनले भत्ताको रकम उपलव्ध गराउने व्यवस्था गरेको छ ।

सामुदायिक वनले समूह बचत तथा राहत कोष स्थापना गरी अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक रुपमा रु तीनसयका दरले भत्ता उपलव्ध गराउने व्यवस्था गरेको हो ।

“बौद्धिक, शारीरिक, मानसिक अपाङग र दृष्टीविहीन १४ जनालाई भत्ताको रकम चौमासिक रुपमा उपलब्ध गराउँदै आएका छौं” सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले भन्नुभयो ।

सामुदायिक वनले कार्य क्षेत्रभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरी आर्थिकरुपमा विपन्न र अरूको सहारामा आश्रित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी भत्ताको रकम उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । पूर्ण अपाङ्गता भएकाहरुलाई पहिलो प्राथमिकतामा राखी भत्ताको रकम उपलव्ध गराउने व्यवस्था पछि मात्रै आंशिक अपाङ्गता भएकालाई भत्ताको रकम दिइने गरिएको छ ।

भत्ताको रकम उपलब्ध गराउनका लागि सामुदायिक वनको काठ, दाउरा र घाँस बिक्रीबाट आएको आम्दानीको पाँच प्रतिशत रकम समूह बचत तथा राहत कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ ।

हाल कोषमा रु एक लाख २४ हजार रकम रहेको छ । सामुदायिक वनले आव ०७३÷७४ देखि अपाङ्गता भएकाहरुलाई भत्ताको रकम दिने व्यवस्था गरेको हो । विसं २०५८ सालमा स्थापना भएको सामुदायिक वनमा ५४० उपभोक्ता आश्रित रहेका छन् । सामुदायिक वन २३० दशमलव ०१ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ