back

तेस्रोलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने

वि.सं.२०७३ फागुन ११ बुधवार

474 

shares
IME Limited
NTC AD

११ फागुन,पथरी (मोरङ) । समलिङ्गी तथा तेस्रोलिङ्गीको विवाहलाई कानुनले मान्यता दिनेखालकोे ऐन ल्याउनुपर्ने उनीहरुले राज्यसँग माग गरेका छन् ।

नीलहिरा समाज विराटनगरले आयोजना गरेको कार्यक्रममा समलिङ्गीको विवाहलाई कानुनी मान्यता नदिँदा लुकेर बस्नुपर्ने बाध्यता रहेको जानकारी दिँदै उनीहरुले तत्काल मान्यता हुनेखालको ऐन ल्याउनुपर्ने माग गरेका हुन् ।

नीलहिरा समाजका कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले मोरङमा ११ हजारको सङ्ख्यामा समलिङ्गी तथा तेस्रोलिङ्गी रहेको जानकारी दिँदै समलिङ्गीले पनि महिला पुरुष सरहको विवाह जस्तै मान्यता दिनुपर्ने माग गर्नुभयो । समलिङ्गीको सन्तान नहुने भएको हुनाले धर्म सन्तान राख्न पाउने व्यवस्था ऐनमा उल्लेख गर्नुपर्ने उहाँको भनाई थियो ।

निलहिरा समाजका सञ्चार अधिकृत माधव दुलालले कानुनले समलिङ्गीहरुको बीचको विवाहलाई कानुनी मान्यता नदिँदा देशभरी एकसयभन्दा बढी समलिङ्गी जोडी लुकेर बस्नुपरेको अवस्था रहेको जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ फागुन ११ बुधवार ०४:५९ मा प्रकाशित

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

पालिकाद्वारा किसानलाई मौरीसहितको घार वितरण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको...

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा कार्यबाहक मेडिकल सुपरिडेन्टेन्ट डा. केशव...

मौसम परिवर्तनसँगै गर्मी बढेपछि अस्पतालमा बिरामीको चाप

मौसम परिवर्तनसँगै गर्मी बढेपछि अस्पतालमा बिरामीको चाप

तनहुँ । मौसम परिवर्तनसँगै गर्मी बढेपछि यतिबेला जिल्लाको सदरमुकामस्थित दमौली...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा...

सडक सञ्जालमा जोडियो ढोरपाटन

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग)...

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग...