back
CTIZAN AD

तेस्रोलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने

वि.सं.२०७३ फागुन ११ बुधवार

834 

shares

११ फागुन,पथरी (मोरङ) । समलिङ्गी तथा तेस्रोलिङ्गीको विवाहलाई कानुनले मान्यता दिनेखालकोे ऐन ल्याउनुपर्ने उनीहरुले राज्यसँग माग गरेका छन् ।

नीलहिरा समाज विराटनगरले आयोजना गरेको कार्यक्रममा समलिङ्गीको विवाहलाई कानुनी मान्यता नदिँदा लुकेर बस्नुपर्ने बाध्यता रहेको जानकारी दिँदै उनीहरुले तत्काल मान्यता हुनेखालको ऐन ल्याउनुपर्ने माग गरेका हुन् ।

नीलहिरा समाजका कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले मोरङमा ११ हजारको सङ्ख्यामा समलिङ्गी तथा तेस्रोलिङ्गी रहेको जानकारी दिँदै समलिङ्गीले पनि महिला पुरुष सरहको विवाह जस्तै मान्यता दिनुपर्ने माग गर्नुभयो । समलिङ्गीको सन्तान नहुने भएको हुनाले धर्म सन्तान राख्न पाउने व्यवस्था ऐनमा उल्लेख गर्नुपर्ने उहाँको भनाई थियो ।

निलहिरा समाजका सञ्चार अधिकृत माधव दुलालले कानुनले समलिङ्गीहरुको बीचको विवाहलाई कानुनी मान्यता नदिँदा देशभरी एकसयभन्दा बढी समलिङ्गी जोडी लुकेर बस्नुपरेको अवस्था रहेको जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ फागुन ११ बुधवार ०४:५९ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...