back
CTIZAN AD

सानिमा जनरल इन्स्योरेन्सको नाफा ५५.०२ प्रतिशतले बढ्यो

वि.सं.२०७८ भदौ ७ सोमवार

600 

shares

७ भदौ, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले आ.व २०७७/७८ मा ८ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ५ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७/७८ मा ६५ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ३५ करोड २६ लाख रुपैयाँ रहेको थियो । १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८ करोड ८५ लाख रुपैयाँ, बीमा कोषमा ९ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी २ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले १८ करोड ५२ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने २८ करोड ४८ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ । यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत १ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । साथै, कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा, प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ८४ पैसा, पिई रेसियो ६३.५७ गुणा, प्रतिसेयर कुल सम्पत्ति १६३ रुपैयाँ १६ पैसा रहेको छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार ०७:५१ मा प्रकाशित

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...