back
CTIZAN AD

एमालेको बहिस्कारका बीच लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

वि.सं.२०७८ भदौ ७ सोमवार

669 

shares

भदौ ७, काठमाडौं । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ ।

प्रदेशसभाको नवौं अधिवेशनको तेस्रो बैठक विपक्षीको नाराबाजीबीच स्थगित भएपछि पुनः साढे २ बजे सुरु भएको बैठक सभामुखले पहिलो बैठककै कार्यसूचीअनुसार सञ्चालन गरेका छन् । विपक्षी दल एमालेले बहिस्कार गरेको बैठकमा विश्वासको मत लिने प्रक्रिया सुरु भएको हो ।

एमालले भने सांसदद्धय अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने बताएको छ ।

लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । मुख्यमन्त्री केसीले आफूमाथि प्रदेशसभाको आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न ४१सांसदको समर्थन जुटाउनुपर्छ ।

सत्ता पक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख बाहेक),जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद छन् । विपक्षी एमालेका ३७ सदस्य छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता केसी गत साउन २७ मा गठबन्धनका चार दल र एक सांसद गरि ४२ सांसदको समथर्नमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनले दुई हप्तापछि संसदबाट विश्वासको मत मागेका हुन् ।

वि.सं.२०७८ भदौ ७ सोमवार १६:५१ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...