७ भदौ, काठमाडौं । आज देशैभरी १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ३२६ नमुना परीक्षणमा देशैभरी १,८०१ जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयको विवरण अनुसार आज पनि संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी छ पछिल्लो २४ घण्टामा १,९२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
आज थपिएका १,८०१ जनासँगै हालसम्म कोरोना संक्रमणबाट ८ लाख ३१ हजार ६९१ जना संक्रमित भएका छन् भने सोहि अवधिमा ७ लाख ९७ जना संक्रमणबाट मुक्त भएका छन् ।
त्यस्तै आज देशैभरी २४ कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थपिएका २४ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ५३३ पुगेको छ । नेपालमा हाल ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३५ हजार १३२ जना होम आइसोलेशनमा रहेका छन् भने ३,२१९ जना संस्थागत आइलेशन सेन्टरमा रहेका छन् ।
त्यसैगरी हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६७९ जना र १७६ जना भेन्टिलेटमा उपचाररत छन् । साथै ३९३ जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयका अनुसार हाल नेपालमा ४९ लाख ४३ हजार ७३२ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने दुवै मात्रा खोप लगाउनेको संख्या ३८ लाख ५७ हजार ५९८ पुगेको छ । आज देशैभरी १२ हजार ३४४ जनाले खोप लगाएका छन् ।
वि.सं.२०७८ भदौ ७ सोमवार १७:४० मा प्रकाशित




























