८ भदौ, काठमाडौँ । नेकपा एमालेका नेता राष्ट्रिय सभा सदस्य डा खिमलाल देवकोटाले घनश्याम भुसाललाई लक्षित गर्दै तेस्रो धारका नेता कार्यकर्ताहरुले अब राम मन्दिर बनाउने हो ? भन्ने प्रश्न गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीका कदमलाई एतिहासिक भुल भयो भन्नेहरु नै आज तेस्रो धारका रुपमा कित्ता स्पष्ट गर्न नसकेकोमा व्यङ्ग्य गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न गरेका हुन् ।
तेस्रो धारका नेता र कार्यकर्ताहरुलाई अव दास बन्नुको बिकल्प नभएको भन्दै नेता देवकोटाले ‘अब तिमीहरु सबै मेरै वरिपरी घुम्ने हो । पूजापाठ गर्ने हो । राममन्दिर बनाउने हो’ भन्दै तिखो प्रहार गरेका छन् ।
नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापनालाई दूर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको अवस्थामा तेस्रो धारका नेताले प्रतिनिधि सभा पुर्नस्थापनालाई महान र ऐतिहासिक भनेको स्मरण गराउँदै उनले दुई विपरित धु्रवका धार मिलेर अघि जान नसक्ने ठोकुवासमेत गरेका छन् ।
उनले भनेका छन् ‘ प्रतिनिधि सभा पुर्नस्थापनालाई दुर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेकाबीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ? विपरित धुव्रका यी दुई धार सँगसँगै जान सक्लान ?
पहिला विचारमा सहमति र एकरुपता नभएसम्म भागवण्डामा रमाउनु र मिलाउनुको कुनै अर्थ छैन नरहेकाे भन्दै उनले आफ्नो कित्ता स्पष्ट नगर्ने हो भने तेस्रो धारका नेता र कार्यकर्ताहरुलाई अव दास बन्नुको बिकल्प नरहेकोसमेत बताएका छन् ।
नेता देवकोटाले सञ्जालमा लेखेका छन् ‘ नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापनालाई दूर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । भिम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका तेस्रो धारका नेताले प्रतिनिधि सभा पुर्नस्थापनालाई महान र ऐतिहासिक भनेका छन । प्रतिनिधि सभा विघटन जालसाँझ र अपराध थियो भन्ने धारणा समेत उनीहरुको थियो र छ ।
अब प्रतिनिधि सभा पुर्नस्थापनालाई दूर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेका बीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ? विपरित धु्रवका यी दुई धार सँगसँगै जानसक्लान ? निश्चित छ । सक्दैनन । ऐतिहासिक उपलव्धि ठान्नेले ऐतिहासिक भूल भयो भन्नैपर्दछ ।
असहमतिका अरु पनि प्रशस्तै मुद्धाहरु छन । पहिला विचारमा सहमति र एकरुपता नभएसम्म भागवण्डामा रमाउनु र मिलाउनुको कुनै अर्थ छैन ।घनश्याम भुसालका विचारका सारका आधारमा नै भन्ने हो भने तेस्रो धारका नेता र कार्यकर्ताहरुलाई अव दास बन्नुको बिकल्प छैन । मैले देख्दिन ।
सामूहिक नेतृत्व प्रणालीबाट एकल नेतृत्व जस्तो संविधानको भावना विपरितको निरंकुशतातर्फ उन्मुख हुने निर्णयले नै सन्देश दिईसकेको छ । अब तिमीहरु सबै मेरै वरिपरी घुम्ने हो । पूजापाठ गर्ने हो । राममन्दिर बनाउने हो । ’
वि.सं.२०७८ भदौ ८ मंगलवार ०९:५९ मा प्रकाशित






























