८ भदौ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज यी पाँच प्रदेशका विभिन्न भू–भागमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्विनि प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति पनि प्रदेश नं १, गण्डकी प्रदेश, लुम्विनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०७८ भदौ ८ मंगलवार ०९:१८ मा प्रकाशित






























