८ भदौ, काठमाडौँ । नेकपा एमालेले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले केन्द्रीय महाधिवेशन आउँदो मंसिर १० देखि १२ सम्म गर्ने निर्णय गरेको
प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका छन् ।
तेस्रो धारका नेताहरुसहितको उक्त बैठकले कात्तिक ६ गते देशभरका वडा वा सो तहका अधिवेशनको मिति तय भएको छ भने कात्तिक ९ गते स्थानीय तहका अधिवेशन तोकिएका छन् ।
त्यस्तै बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै विधान महाधिवेशन असोज ४ देखि ६ सम्म गर्ने निर्णय गरेको छ ।
वि.सं.२०७८ भदौ ८ मंगलवार २०:१६ मा प्रकाशित




























