back
CTIZAN AD

आजको एमाले बैठकले के के गर्यो निर्णयहरु ?

वि.सं.२०७८ भदौ ८ मंगलवार

621 

shares

८ भदौ, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक विभिन्न निर्णय गर्दै सकिएको छ ।

एमालेकै एउटा समूह छुट्टिएर नयाँ दल दर्ता प्राप्तिको अन्तिम चरणमा रहेका बेला बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी विभाजनमा गएका माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुलाई मूलघरमा फर्किन आह्वान गरेको छ ।

तेस्रोधारका नेताहरुको समेत उपस्थितिमा सम्पन्न सो बैठकले पार्टी विभाजनका गतिविधिमा नजान आग्रह गर्दै फर्कन आग्रह गरेको हो ।
बैठकले फर्किएर आएमा कसैलाई कारवाही गर्ने र भेदभाव नगरिने प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्ट पारेका छन् ।

जीवन्त र लोकतान्त्रिक पार्टीमा समस्याहरु उत्पन्न हुनु, समस्यालाई हेर्ने दृष्टिकोणमा भिन्नता हुनु र कतिपय प्रश्नमा असहमति पैदा हुनु स्वाभाविकै भएको जनाउँदै तर, समस्याका विकल्प विग्रह नभएको जनाइएको छ ।

एमालेको स्थायी कमिटी बैठकले पार्टीका सबै संरचनाहरुलाई मूलभूत रुपमा २०७५ जेठ २ अघि फर्काएको छ । तर नेकपा एकताबाट एमालेमा निरन्तरता दिएका पूर्व माओवादी नेता कार्यकर्ताहरुको हकमा भने यथावत जिम्मेवारी दिएको छ ।

त्यस्तै उक्त बैठकले एकता प्रक्रिया अघि बढाउन कार्यदलसमेत गठन प्रवक्ता ज्ञवालीले बताएका छन् । उनका अनुसार पार्टीले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल गठन गरेको हो ।

कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

बैठकले माधव समूह छाडेका केन्द्रीय सदस्यहरुसहितको पहिलो बेठक भदौ १० गते बस्ने निर्णय गरेको छ । कार्यदलले दिएको सुझावका आधारमा माधव नेपालको पार्टीमा गएकाहरुबारे टुंगो लगाउने बताइएको छ ।

नेकपा एमालेले आगामी मंसिर १० देखि १२ सम्म गर्ने निर्णय गरेको छ । महाधिवेशनका तयारीका क्रममा बैठकले कात्तिक ६ गते देशभरका वडा वा सो तहका अधिवेशनको मिति तय भएको छ भने कात्तिक ९ गते स्थानीय तहका अधिवेशन तोकिएका छन् । त्यस्तै बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै विधान महाधिवेशन असोज ४ देखि ६ सम्म गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७८ भदौ ८ मंगलवार २०:३७ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...