back
CTIZAN AD

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परि ३५ घाईते, दुईको अवस्था गम्भीर

वि.सं.२०७८ भदौ ९ बुधवार

738 

shares

९ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा भएको यात्रुबाहक बस दुर्घटनामा परि ३५ जना घाईते भएका छन् ।

सिन्धुपाल्चोकको लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको कोशीपारी यातायातको बा.३ ख ८०३० नम्बरको बस सुनकोशी गाउँपालिका ३ छापगाउँमा दुर्घटना हुँदा ३५ जना घाईते भएको र ती मध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

३५ मध्ये २० जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको र सामान्य घाईते भएका १५ जनाको स्थानीय सिन्धु बहार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष बहादुर बस्नेतले संसारन्युजलाई जानकारी दिए ।

‘अहिलेसम्म मृत्यु भएको भन्ने पुष्टि भएको छैन दुईजना बसले च्यापिएर गम्भीर हुनुभएको छ । उहाँहरुलाई उपचारका लागि धुलिखेल पुर्याइदैछ । उहाँहरु बाटोमै हुनुहन्छ ।’

विहान ११ः३५ मा भएको उक्त बस दुर्घटनाका बारेमा विस्तृत विवरण आइनसकेको र प्रारम्भिक अनुसन्धानमा घुम्ती तथा हिलो बाटो भएकाले दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

वि.सं.२०७८ भदौ ९ बुधवार १४:३५ मा प्रकाशित

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...