भदौ ९, काठमाडौं । नेकपा (एमाले)मा माधवकुमार नेपाल छाड्ने समूहको इन्ट्री पछि पूर्वमाओवादी समूहका नेताहरुलाई अपमान गर्न थालिएको छ । पार्टीको संस्थापन पक्ष र तेस्रो धारका नेताबीच एमालेलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउने सहमति बनेसँगै उनीहरुलाई अपमान गर्न थालिएको हो ।
भदौ ७ मा बालकोटमा भएको सहमतिपश्चात पूर्वमाओवादी समूहका नेताहरु करिब–करिब भूमिका बिहिन जस्तै बनेका छन् । बालकोट वार्तापछि बसेको एमाले स्थायी समिति बैठक पछि गरिएको तस्बिर खिचाई र बुधबारको पत्रकार सम्मेलनले पनि उनीहरुको अवस्था छर्लङ्ग गराएको छ ।
‘ओली पछिको म हुँ’ भन्ने बादललाई विष्णु पौडेल र सुवास नेम्वाङभन्दा पनि तल्लो तहको नेताको रुपमा देखाइएको छ ।
मंगलबार स्थायी समिति बैठकपश्चात गरिएको फोटो शेसनमा पूर्वमाओवादी समूहका नेताहरुलाई निकै पछाडि राखिएको थियो । ‘ओली पछिको म हुँ’ भन्ने रामबहादुर थापा ‘बादल’लाई सबैभन्दा पछाडिको रोमा राखिएको थियो ।

जुन शैलीको निरन्तरता बुधबार गरिएको पत्रकार सम्मेलनमा पनि गरिएको छ । बुधबार गरिएको पत्रकार सम्मेलनमा बादल र उनको समूहलाई निकै अपमानित रुपमा राखिएको देखिन्छ ।
बादललाई अघिल्लो रोमा राखिएपनि उनको कुर्ची अति सामान्य अन्य स्थायी सदस्य बराबर छ । ‘ओली पछिको म हुँ’ भन्ने बादललाई विष्णु पौडेल र सुवास नेम्वाङभन्दा पनि तल्लो तहको नेताको रुपमा देखाइएको छ ।
वि.सं.२०७८ भदौ ९ बुधवार १६:५५ मा प्रकाशित































