back
CTIZAN AD

संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशको नाम जोडिएपछि…

वि.सं.२०७८ भदौ ११ शुक्रवार

609 

shares

भदौ ११, काठमाडौं । संवैधानिक निकायका नियुक्तिमा ‘भागवण्डा’ लिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई इजलास छाड्न वरिष्ठ अधिवक्ताहरुले सुझाब दिएका छन् । शुक्रबार संवैधानिक इजलसामा जारी बहसमा अधिवक्ता ओमप्रकाश अर्यालले राणामाथि गम्भीर प्रश्न उठेको भन्दै इजलास छाड्न सुझाएका थिए ।

संवैधानिक इजलास नै छाड्न दिएको सुझाबप्रति भने राणाले आपत्ति जनाएका छन् । उनले नियुक्तिका विषय गैरकानुनी हो भने आधार देखान नत्र भागवण्डाको विषय ल्याउन नपाईने बताए ।

राणाले भने, ‘नियुक्तिका विषयलाई लिएर आरोप लगाउन मिल्दैन । गैरकानूनी हो भने आधार देखाउनुस् । अधिकारप्राप्त निकायले गरेको नियुक्तिमा भागबण्डाको कुरा नगर्नुस् ।’

उनले ‘भागवण्डा’ भन्ने शब्द नै फिर्ता लिन माग गरेका थिए । ‘भागवन्डा शब्द परिमार्जन गर्नुस्। तपाईंले कसले कसरी नियुक्ति भयो भनेर आरोप लगाउन मिल्दैन। कसले भाग लियो यो मुख्य कुरा होइन।’, उनले भने ।

अधिवक्ता अर्यालको प्रश्नप्रति आक्रोशित देखिएका राणाले विकल्प देखाउन भने । ‘विकल्प के हो ? प्रधानन्यायाधीश नबसोस् भन्ने ठिक हो तर निकास दिनुस्। तपाईंले समाजमा भ्रम पार्ने काम गर्नुस्’ उनले भने, ‘मलाई यसमा बसेर प्रतिरक्षा गर्नु छैन। मेरो संवैधानिक दायित्ववाट चुक्दिन ।’

वि.सं.२०७८ भदौ ११ शुक्रवार १३:४९ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...