back
CTIZAN AD

नेपाल र भारतबीचको खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने

वि.सं.२०७८ भदौ ११ शुक्रवार

546 

shares

११ भदौँ, काठमाडौँ । नेपाल र भारतबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारणको अधिकार एडप्याडले पाएको छ । यसै महिनामा हुने उक्त खेलको प्रत्यक्ष प्रसारणको अधिकार नेपाल फुटबल सङ्घ (एन्फा) ले एडप्याडलाई बिक्री गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

एडप्याडलाई रु २५ लाख १० हजारमा प्रत्यक्ष प्रसारणको अधिकार बिक्री गरेको एन्फाले जनाएको छ । एडप्याडका प्रबन्ध निर्देशक गिरीका अनुसार अब यस खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ । नेपाली राष्ट्रिय फुटबल टोलीले भारतसँग यही भदौ १७ र २० गते गरी दुई खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । दुवै मैत्रीपूर्ण खेल दर्शकविना नै गर्ने योजना रहेको एन्फाले जनाएको छ । आगामी असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १४:३३ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...