११ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरी २,३३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमित हुनेको संख्या २०६५ रहेको छ ।
शुक्रवार देशैभरी गरिएको ८७५२ पिसिआर र ४३६५ ऐन्टिजेन गरी १३ हजार ११७ नमुना परीक्षणमा २०६५ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका २०६५ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ३८ हजार ९४८ जना संक्रमित भएको तथ्यांक रहेको छ ।
आज काठमाडौंमा ४५४, ललितपुरमा १६९, भक्तपुरमा ९२ गरी उपत्यकामा आज ७१५ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका २३३७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ८ हजार २३० पुगेको छ ।
त्यस्तै आज देशैभरी २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ६६३ पुगेको छ ।
नेपालमा हाल ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३४ हजार ६७६ जना होम आइसोलेशन र २९२३ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।
हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ६२२ र भेन्टिलेटरमा १७१ जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
नेपालमा हालसम्म ५० लाख ६३ हजार ५२२ जनाले कोरोना भाइरसविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् भने ४० लाख ५२ हजार ७६५ जनाले दोस्रो मात्राको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । शुक्रवार देशैभरी १ लाख ७९ हजार ८६५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
पछिल्लो २४ घण्टामा २,४३३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु
वि.सं.२०७८ भदौ ११ शुक्रवार १७:०६ मा प्रकाशित






























