back
CTIZAN AD

स्थानीयलाई असर पर्ने भन्दै बस्ती बाहिरबाट विद्युत् विस्तार गर्न माग

वि.सं.२०७८ भदौ ११ शुक्रवार

591 

shares

११ भदौ, राँझा । स्थानीयलाई असर पर्ने भन्दै बस्ती बाहिरबाट विद्युत् विस्तार गर्न माग गरेका छन् ।

वैजनाथ गाउँपालिकावासीले कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बस्ती बाहिरबाट विस्तार गर्न माग गरेका हुन् ।
वडा नं ४ को नौवस्ता र वडा नं १ को चिसापानी तथा गाभर बस्ती हुँदै लाइन विस्तारको तयारी भएकाले विकल्प खोज्न आफूहरुले माग गरेकोे स्थानीय अगुवा पुनित शाहले जानकारी दिए । उनका अनुसार घर तथा घडेरी माथिबाट प्रसारण लाइन विस्तार गरिए ती बस्तीका करिब ६० घरपरिवारमा असर पर्नेछ ।

सर्भेक्षणदेखि सार्वजनिक सुनुवाइ गर्दासम्म पनि बैठकमा आफूहरुलाई जानकारी नगराइएको तर अहिले एकाएक लाइन विस्तार गर्न थालिएको वडा नं १ चिसापानी निवासी वकिलजङ्ग साहको गुनासो थियोे । उनले यी बस्तीका सर्वसाधारणको नाम र हस्ताक्षर किर्ते गरेर काम अगाडि बढाइएको आरोप लगाए । जग्गाधनीलाई थाहै नदिइ लाइन विस्तार गरिएकाले अहिले आक्रोशित पीडितले प्रमुख जिल्ला अधिकारीमार्फत सरोकार निकायमा वैकल्पिक उपाय अपनाउन ज्ञापन पत्र बुझाएका छन् ।

प्रजिअ शिवराम गेलालले यस विषयमा अध्ययन गर्न एक समिति बनाइएको र सम्बन्धित निकायमा पनि जानकारी गराइएको छ भन्नुभयो ।
बाँकेको कोहलपुर सबस्टेशनबाट प्रारम्भ भई सुर्खेतको वीरेन्द्रनगरस्थित सबस्टेशनमा गएर टुङ्गिने प्रसारण लाइन करिब ५१ किलोमिटर लामो हुने र ‘डबल सर्किटका एङ्गल टावर’ २६ वटा रहने छ । आयोजनाको कूल टावर सङ्ख्या १४५ रहने बताइएको छ । उक्त आयोजनाका लागि करिव रु एक अर्ब ८० करोड लाग्ने जनाइएको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १७:२८ मा प्रकाशित

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...