१३ भदौँ, काठमाडौँ । अरुण काबेली पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि भदौ १५ गते बुक क्लोज गर्दैछ । भदौ १४ गते सार्वजनिक विदा परेकाले आज (भदौ १३) गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले भदौ २६ गते ११ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ १ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभाले १७ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गर्नेछ । १७ प्रतिशत बोनश पश्चात कायम चुक्ता पूँजीको आधारमा कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
वि.सं.२०७८ भदौ १३ आइतवार ११:३४ मा प्रकाशित


























