back
CTIZAN AD

दाताको सहयोगमा सामुदायिक स्वास्थ्य एकाइ भवन

वि.सं.२०७८ भदौ १३ आइतवार

597 

shares

१३ भदौ, काभ्रे । दाताको सहयोगमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको छ ।

विदेशी दाताको सहयोग र तेमाल गाउँपालिकाको पहलमा वडा नं ४ माहुरेभञ्ज्याङमा पिन्दोङडाँडा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको हो । तीनकोठे सो भवन बनाउन इटलीका अम्बु गेब्रियले रु १५ लाख ६६ हजार, फ्रान्सका मौरिस डुचेनले रु चार लाख ५३ हजार, फ्रान्समा रहेका जनक लामाका पहलमा क्लेमेन्स लाभरग्ने जामजाम नमस्ते संस्थाले रु नौ लाख २० हजार तथा अमेरिकामा रहेका शङ्कर लामाबाट रु एक लाख प्राप्त भएको थियो ।

एशोसिएजोन कल्चरले इन क्यामिनो जेनोभा इटली, जामजाम नमस्ते फ्रान्स र इन्टरनेशलन सेन्टर फर द एक्सप्लोरेसन अफ द हिमालयज फ्रान्सले सो भवन निर्माणमा विशेष सहयोग गरेका थिए । साथै दाताका सहयोगमा शय्या, अक्सिजन कन्सनट्रेटर र फर्निचरसमेतका सामग्री उपलब्ध गराइएको सहयोग जुटाउन सक्रिय स्थानीय पर्यटन व्यवसायी राजेश लामा तामाङले जानकारी दिए ।

भवन निर्माणमा स्थानीय जनश्रमदानसमेत जुटाइएको छ यसअघि वडा र गाउँपालिकाले प्रारम्भमा रकम उपलब्ध गराएका थिए । भवन बनाउन नौ आना जग्गा स्थानीय विष्णुलाल श्रेष्ठले निःशुल्क उपलब्ध गराएका थिए । एउटा सिटामोल नपाउने र सानो उपचारका लागि सहर धाउनुपर्ने भौगोलिकरूपमा दुर्गम तेमालको माहुरेभञ्ज्याङ क्षेत्रमा राज्यले दिने स्वास्थ्य सुविधा पाउँदा आफूहरु निकै खुशी भएको स्थानीयवासीले बताए । “गाउँमा बस्ने वातावरण बनाउन स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिमा जोड दिनुपर्छ, यहाँको स्वास्थ्य संस्थाको संरक्षण र सञ्चालनमा निरन्तर आवश्यक सहयोग अझै जुटाउँदै जान्छौ”, सहयोग संयोजन गरेका राजेशले भने ।

सो भवनको गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङ र फ्रान्सका मौरिस डुचेनले शनिबार शुभारम्भ गरे । गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने अभिप्रायले सो एकाइमा एक स्वास्थ्य सहायक, एक अनमी र एक कार्यालय सहयोगीसहितको जनशक्ति र औषधिको प्रबन्ध गरी तत्काल सेवा सुरु गरिने गाउँपालिकाका अध्यक्ष सलामसिंहले बताए । उनले दुर्गम बस्तीका बासिन्दाले जागरुक भएर सेवा लिनुपर्छ भने ।

गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले बस्ती र भूगोलले टाढा भए पनि घरआँगनबाट सेवा दिनुपर्छ भनेर उक्त स्वास्थ्य एकाइ स्थापना गरिएको तर पूर्वाधार, जनशक्ति भएपछि स्थानीयवासी सेवा लिन नआए सुविधा कटौती हुनसक्छ भने । गाउँपालिकाका प्रशासकीय अधिकृत केदार ढकाल, उपभोक्ता समितिका अध्यक्ष इन्द्रजीत लामा, वडा स्वास्थ्यचौकीका इन्चार्ज चन्द्रध्वज लामा, चन्द्रसिंह तामाङ, सिद्धिबहादुर श्रेष्ठ र पेमा दोर्जे लामालगायतले सानो उपचार गर्न कठिन हुने दुर्गम बस्तीमा स्वास्थ्य सेवा उपलब्ध गराइनु सराहनीय कार्य भएको धारणा राखे ।

वि.सं.२०७८ भदौ १३ आइतवार १२:२५ मा प्रकाशित

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...