back
CTIZAN AD

धोका दिए भन्ने माधव नेपाललाई भीम रावलको जवाफ : धकेल्दा धकेलिने फर्काउन खोज्दा फर्किनु पर्दैन् ?

वि.सं.२०७८ भदौ १३ आइतवार

579 

shares

भदौ १३, काठमाडौं । पार्टी विभाजनमा धोका दिएको भन्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको भनाईप्रति एमाले उपाध्यक्ष भीम रावलले प्रतिवाद जनाएका छन् । रावलले सामाजिक सञ्जालमार्फत नै नेता नेपाललाई धकेल्दा धकेलिने व्यक्ति फर्काउन खोज्न किन नफर्केको भनि प्रश्न गरेका छन् ।

नेता नेपालप्रति लक्षित गर्दै उनले ट्वीटरमा लेखेका छन्,‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनुपर्ने हो ?’

रावलले सहमति भइसके पछि मेलमिलाप हुनुपर्छ भन्ने कुरा बुझ्न नेता नेपाललाई सुझाएका छन् । ‘द्वन्द्वको स्थितिमा अलग्गिने मनस्थिति हुने तर सहमति भइसकेपछि एक भइ मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न’, रावलले भनेका छन् ।

शनिबारको एक कार्यक्रममा नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई घचेटेर अगाडि बढ् भनेको तर पछाडि फर्किएर हेर्दा कोही नपाएको बताएका थिए ।

उनले आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भनेका दोस्रो पुस्ताकै नेताहरुले आफूले भन्दा पहिला दुई वटा दल निर्वाचन आयोगमा दर्ता गराएको समेत खुलाएका थिए । तीनै नेताहरु अहिले एमालेमै बसेको भन्दै उनले ओली सुध्रिएका हुन् रु भनेर प्रश्न गरेका थिए ।

वि.सं.२०७८ भदौ १३ आइतवार १२:५६ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...