११ भदौँ, काठमाडौँ । एनएमबि बैंक लिमिटेडले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग सम्झौता गरेको छ । बैंकले दोस्रो कार्यकालको लागी ह्यान्डलिङ बैंकको विशिष्ठीकृत सेवा प्रदान गर्नको लागि ऊर्जा कोषसँग समझदारी गरेको हो । बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिङ बैंकको भूमिकामा कार्य गर्दै आइरहेको छ ।
केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरीद ऐन एवं सार्वजनिक खरिद र नियमावलीले निर्धारित योग्यता र मापदण्डअनुसार एक पारदर्शी एवं प्रतिस्पर्धी बोलकबोल प्रक्रियाको माध्यमबाट ह्यान्डलिंग बैंक चयन गरेको हो । बैंकले स्वच्छ ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दिगो तरिकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाका स्रोत उपयोग गर्ने र भारतबाट बिजुली र जीवशेष इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई समर्थन गरिरहेको छ ।
यस सम्झौताले समग्र नवीकरणीय ऊर्जा क्षेत्रलाई मूल प्रवाहमा ल्याई ऊर्जा र वित्तीय संसाधनमा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागि मद्दत गर्ने विश्वास राखिएको छ ।
वि.सं.२०७८ भदौ १३ आइतवार १७:०८ मा प्रकाशित


























