back
CTIZAN AD

सोमप्रसाद पाण्डे भन्छन् – भीम रावललगायतले माधव नेपाललाई धोका दिएका हुन्

वि.सं.२०७८ भदौ १३ आइतवार

699 

shares

भदौ १३, काठमाडौं । नेकपा (एमाले)का नेता सोमप्रसाद पाण्डेले मध्यमार्गी समूहका नेताहरुले माधवकुमार नेपाललाई धोका दिएको बताएका छन् । आइतबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टी विभाजनको अवस्था मध्यमार्गी नेताहरुको कारण भएको सुनाए ।

उनले भने,‘माधव नेपालको एक्लो प्रयत्नले उहाँ पार्टी विभाजनमा अघि बढ्नुभएको थिएन । स्थायी कमिटीका सबै जनाले धकेल्दै धकेल्दै विभाजनमा पुर्याएका हुन् । १५ जना स्थायी कमिटी सदस्यहरुले विभाजनको लागि दबाब दिएको केपी ओलीलाई बहिर्गमन गर्नुपर्छ भनेर सर्वसम्मत् निर्णय हुन्थ्यो । अगुवाई माधव नेपालले गर्नुहुन्थ्यो । हिजो माधव नेपाललाई त्यसरी अघि बढ् भन्नुभयो, उहाँहरुले अनि आज अन्तिममा आएपछि उहाँहरुले पार्टी विभाजन रोक्न सक्नुभएन ।’

माधव नेपाललाई धकेल्दै धकेल्दै पार्टी विभाजनको अवस्थासम्म मध्यमार्गी नेताहरुले पुर्याएको पाण्डेको भनाई छ ।

माधव नेपाललाई पार्टी विभाजनको अवस्थामा पुरयाउने काम नै भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईहरुले गरेको उनको आरोप थियो । उनका अनुसार नेकपा (एकीकृत समाजवादी)को विधान पनि मध्यमार्गी नेताहरुले तयार गरेको हुन् ।

‘सम्भवतः माधव नेपालको पार्टीको आज लेखिएको विधान हिजो माधव नेपालसँग रहेका स्थायी कमिटीकै सदस्यहरुको संलग्नतामा लेखिएको हो!, उनले भनेका छन् ।

वि.सं.२०७८ भदौ १३ आइतवार १८:०३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...