back
CTIZAN AD

अमेरिकाको लुइजियानामा भयानक आँधीको चेतावनी, दशौँ हजारलाई पठाइयो सुरक्षित स्थान

वि.सं.२०७८ भदौ १३ आइतवार

678 

shares

१३ भदौ, लुइजियाना, संयुक्त राज्य अमेरिका । अमेरिकाको दक्षिणी राज्य लुइजियानामा केही दशक यताकै सबैभन्दा शक्तिशाली आँधी नजिकिँदै जाँदा त्यस राज्यका तटीय क्षेत्रमा बसोबास गर्ने दशौँ हजार मानिस सुरक्षित स्थानतर्फ गएका छन् ।

आइडा नाम दिइएको यस आँधी नजिकिँदै गएपछि लुइजियाना प्रशासनले आँधीको सम्भावित प्रभावबारे चेतावनी दिँदै सम्भावित जोखिमको क्षेत्रमा पर्ने लुइजिआनाका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

स्थानीय समय अनुसार आइतबार बेलुका ‘आइडा आँधी गल्फ अफ मेक्सिकोमा पुग्ने बताइएको छ । आँधीसँगै २२० किलोमिटर प्रतिघण्टाको दरमा हावा चल्ने तथा जोखिमयुक्त छालहरु आउने सम्भावना रहेको अमेरिकी मौसम पूर्वानुमान केन्द्रहरूले बताएका छन् ।

सन् २००५ न्यू अर्लियन्समा गम्भीर क्षति गरेको क्याट्रिना आँधीभन्दा पनि आइडा भयानक हुने पूर्वानुमानकर्ताहरुले बताएका छन् । लुइजिआनाका गर्भनर जोन बेल एड्वाड्रसले आइडा आँधी राज्यको इतिहासमा १५० वर्ष यताकै गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।

छिमेकी राज्य मिसिसिपीका गभर्नरले आपतकालीन अवस्था घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइडा निकै खतरनाक बन्ने देखिएको र केन्द्र सरकार आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन् । गल्फ अफ मेक्सिकोको मौसम गर्मी हुँदै जाँदा आँधी गम्भीर बनेको हो ।

आइडालाई क्याटगोरी–२ बाट अति खतरनाक क्याटगोरी–४ घोषित गरिएको हो । लुइजिआनाको दक्षिणी क्षेत्रमा नेपाली समय अनुसार बेलुका पौने सात बजेदेखि तीव्र गतिको हावा चल्ने अनुमान छ ।

सन् २००५ मा न्यू अर्लियन्समा एक हजार जनाभन्दा धेरैको ज्यान लिएको क्याटगोरी–३ वर्गीकरण गरिएको क्याट्रिना आँधी अगस्ट २९ कै दिन आएको थियो ।

वि.सं.२०७८ भदौ १३ आइतवार १७:५१ मा प्रकाशित

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...