१४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म कोरोनाविरुद्धको खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी पाइएको जनाएको छ ।
मन्त्रालयले असार १ देखि साउन ३० सम्म संकलन गरिएका १३ हजार १६१ जनाको नमुना परीक्षण गर्दा दुवै मात्रा खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी पाइएको एक विज्ञप्तिमार्फत् जनाएको छ ।
‘एकमात्रा खोप लगाएका व्यक्तिहरुमा ८० प्रतिशत र दुवैमात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको छ । जसले हामीले लगाइराखेका खोपहरु अत्यन्त प्रभावकारी रहेको देखिन्छ ।’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम नियन्त्रण गर्नु नै प्रभावकारी उपाय रहेकाले भौतिक दूरी कायम गर्ने, भिडाभाड नगर्ने, सरसफाईमा ध्यान दिने र आफ्नो पालो अनुसार खोप लगाउन समेत मन्त्रालयले अनुरोध गरेको छ।

वि.सं.२०७८ भदौ १४ सोमवार १५:३० मा प्रकाशित






























