back
CTIZAN AD

रकेट आक्रमणमा परी काबुलमा ४ बालबालिकासहित ६ को मृत्यु

वि.सं.२०७८ भदौ १४ सोमवार

600 

shares

१४ भदौँ । अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित ६ जनाको ज्यान गएको छ । तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् ।

आइतबार काबुल विमानस्थलमा प्रहार गरिएको भनिएको रकेट बस्तीमा परेको र बस्तीको एक घरमा रहेका एकैपरिवारका ती व्यक्तिहरुको ज्यान गएको छ ।

काबुल विमानस्थलमा अमेरिकी, बेलायती र अरु केही विदेशी विमानले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेका छन् । विमानस्थललाई नै लक्षित गरेर सो रकेट आक्रमण गरिएकामा सो रकेट बस्तीतर्फ पर्न गरेको बताइएको छ । पछिल्ला केही दिनमा काबुल विमानस्थलमा विस्फोट हुने गरेको छ ।

हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिम भागतर्फ स्थानीय समयानुसार ४ः५५ सो रकेट प्रहार भएको थियो । एक अमेरिकी ड्रोन शहरमा उडिरहेको देखा परेपछि उक्त हमला भएको प्रत्यक्षदर्शीहरु बताएका छन् ।

गत बिहीबार पनि विमानस्थलका पूर्वी गेटमा भएको आत्मघाती विष्फोटमा परी कम्तीमा १७० अफगान नागरिक र १३ अमेरिकी सैनिक मारिनुका साथै करिब २०० जना घाइते भएका थिए । उडानको पर्खाइमा रहेका ठूलो भीडबीचमा सो आक्रमण भएको थियो ।

अफगानिस्तानमा यही अगस्त १५ तारिखका दिन तालिबान विद्रोहीहरूले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि हजारौँ मानिसले अफगानिस्तान छाड्नेक्रम जारी रहेको छ । इस्लामिक स्टेट्स ९आइएस० ले जिम्मेवारी लिएको यस आक्रमणमा परी मारिएकाहरु अधिकांश महिला र बालबालिका रहेका छन् ।

 

वि.सं.२०७८ भदौ १४ सोमवार १५:२० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...