१६ भदौ, काठमाडौं । मोडल तथा कलाकार निशा घिमीरेको उपचारका क्रममा मृत्यु भएको छ ।
लामो समयदेखि नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत निशा घिमीरेको बुधवार बेलुका निधन भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाका अनुसार बुधवार बिहानदेखि गम्भीर अवस्थामा रहेकी घिमीरेको बेलुका मृत्यु भएको हो ।
वास्तोलाका अनुसार लगातारको उपचारमा पनि घिमीरेको स्वास्थ्यमा अपेक्षित रुपमा सुधार आउन नसकेको तथा अक्सिजनको सहयोगमा सिसियुमा राखेर उपचार गरिएको थियो ।
अस्पतालले मंगलवार पनि पत्रकार सम्मेलन गरेर घिमीरेका उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ । तर, पनिस्वास्थ्य अवस्थामा खासै सुधार नदेखिएको जानकारी गराएको थियो ।
निशाका बुवाको अनुरोध–मेरी छोरी जीवितै छन् मृत्युको हल्ला नगरिदिनुस् !
वि.सं.२०७८ भदौ १६ बुधवार २१:१५ मा प्रकाशित






























