back
CTIZAN AD

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा

वि.सं.२०७८ भदौ १६ बुधवार

714 

shares

१६ भदौ, काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । विगत ८ महिनादेखि सामान डेलिभरी सेवा दिँदै आएको कम्पनीले महामारीका कारण आफ्नो व्यवसायको औपचारिक शुरुवातको घोषणा गरेको थिएन ।
डोरमिट प्रालिका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन सपिङप्रति आम उपभोक्ताको आर्कषण बढ्दै गएको तर हाल सञ्चालनमा रहेका इ–कमर्स प्लेटफर्महरुले ग्राहकलाई चित्तबुझ्दो सेवा दिन नसकेको कुरालाई मध्यनजर गर्दै डोरमिट डटकम सञ्चालनमा ल्याइएको बताए ।

‘अहिले धेरै इकमर्स प्लेटफर्महरु छन्, तर उपभोक्ताले खोजेजस्तो र भरपर्दो सेवा पाइरहेका छैनन्,’ सापकोटाले भने, ‘त्यसैले हामीले उपभोक्ताले कस्तो खालको इ–कमर्स प्लेटफम चाहेका हुन भन्ने लामो अनुसन्धान र सर्वेक्षणपछि उपभोक्ताकै सुझावका आधारमा व्यवसाय शुरु गरेका हौं ।’

साना तथा मझौला उद्यम गरिरहेका उद्यमी र महिला उद्यमीलाई डोरमिटले आफ्नो प्लेटफर्म उपलब्ध गराउँदै आएकोसमेत सापकोटाले जानकारी दिए । डोरमिट डटकमले काठमाडौंको रिङरोडभित्र एक हजारभन्दा बढी मूल्यको सामान अर्डर गर्दा निःशुल्क डेलिभरीको सुविधा दिनेसमेत जनाएको छ ।

हालसम्म ३ हजार बढी हजार सामानको अर्डर डेलिभर गरिसकिएको र दैनिकरुपमा ६० देखि ७० वटासम्म अर्डर आउने गरेको कम्पनीले जानकारी दिएको छ ।

वि.सं.२०७८ भदौ १६ बुधवार २१:२५ मा प्रकाशित

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...