back
CTIZAN AD

१० बुँदेमा कुनियत लुकेको थियो, भ्रममा नपरौं : माधव नेपाल

वि.सं.२०७८ भदौ १७ बिहीवार

687 

shares

भदौ १७, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले विवाद समाधानको लागि भन्दै गत असार २७ मा गरिएको १० बुँदे सहमतिमा कुनियत लुकेको बताएका छन् । बिहीबार संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्दै उनले सम्झौतामा हस्ताक्षर मध्यरातमा नै गर्नुपर्ने कारण के थियो भनि प्रश्न गरे ।

‘१० बुँदे २७ गते राति १० बजे सही नगरी नहुने के बाध्यता थियो ? थाहा छ ?, उनले प्रश्न गर्दै भने, ‘२८ गतेको सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्ने कुनियत लुकेको थियो । १० बुँदेभित्रको नियत के थियो भन्ने कुरा त्यसैले प्रष्ट पार्दैन ? नभए १० बजे राति हस्ताक्षर गर्नका लागि हतार किन ?’

उनले १० बुँदेको बारेमा गरिएको अपव्याख्याको भ्रममा नपर्न आग्रह गरे । ‘केपी ओलीका मान्छेले भ्रम पैदा गर्ने कोसिस गरेका छन्, अलमल्याउन खोजिरहेका छन्,’ उनले भने, ‘कुनै पनि भ्रममा कोही पर्न जरुरी छैन । १० बुँदेको भ्रममा पनि पर्न जरुरी छैन । प्रदेश सांसद, स्थानीय प्रतिनिधि र कार्यकर्ता कोही पनि १० बुँदेको भ्रममा पर्न जरुरी छैन,’ नेपालले भने, ‘यसबारे गरिएको अपव्याख्याको भ्रममा नपर्न म आग्रह गर्न चाहान्छु ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिने कहीँ कतै लक्षण नदेखिएको भन्दै भ्रममा नपर्न आग्रह गरे । ‘फागुन २८ गते एकतर्फी रुपमा गरिएको बैठक गलत ढंगले गरिएको थियो भन्ने कहीँ स्वीकारोक्ति छैन। केपी ओली सुध्रिने कहीँ लक्षण देखिँदैन। त्यसैले कुनै भ्रममा नपर्न म आग्रह गर्छु’, नेता नेपालले भने ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १४:५७ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...