back
CTIZAN AD

शान्ति समाजद्वारा थप दुई श्रष्टा सम्मान

वि.सं.२०७८ भदौ १७ बिहीवार

732 

shares

१७ भदौ,काठमाडौँ । शान्ति समाजद्वारा दुई श्रष्टा सम्मान थप गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत मानवबहादुर रावल वातावरण श्रष्टा सम्मान र पद्यप्रसाद दाहाल श्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको हो । समाजले विहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै थप दुई पुरस्कार स्थापना गरेको जनाएको छ ।

यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका दुई जना श्रष्टा लाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ । उक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि स्व.मानबहादुर रावल (तानसेन,पाल्पा)का छोरा मानव अधिकार तथा शान्ति समाजका उपसभापति कृष्णबहादुर रावलले रु.२ लाख प्रदान गर्ने भएको हो ।

No description available.

यस्तै, सो पुरस्कारका लागि स्व.पद्यप्रसाद दाहाल (मादी, संखुवासभा)का नातिनि तथा नातिहरुले दुई लाख शान्ति समाजलाई प्रदान गर्ने विज्ञप्तीमा उल्लेख छ । यी पुरस्कारहरु हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीको सेरोफेरोमा यसै वर्ष (२०७८) देखी प्रदान गरिने छ ।

No description available.

यससँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारहरुको संख्या १३ पुगेको छ ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १५:०१ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...