back
CTIZAN AD

५० अकंले घट्यो नेप्से

वि.सं.२०७८ भदौ १७ बिहीवार

669 

shares

१७ भदौँ, काठमाडौँ । साताको अन्तिम दिन बिहिबार सेयर बजार (नेप्से) ५० दशमलब ०३ अकंल घटेर २९२६ दशमलब ९९ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ८ दशमलब ९० अकंले घटेर ५४१ दशमलब ७८ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २३० कम्पनीको ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैंया बराबरको १ करोड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ५ हजार ७ सय ७५ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर, अपी पावर, ङादी ग्रुप पावर, युनाइटेड मोदी हाईड्रोपावर, हिमालयन डिष्टिलरी, लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नबिल ब्यालेन्स फण्ड, अरुण भ्याली हाईड्रोपावर, एनएमबी-५०, अपी पावर, सनराईज फण्ड म्यूचल फण्ड लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा सानिमा लाईफ इन्स्योरन्स, मनकामना स्मार्ट लघुवित्त, चन्द्रगिरी हिल्स, खानीखोला हाईड्रोपावर, डेप्रोक्स लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु पनि कमाउनेमा परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने नारायणी डेभल्पमेन्ट बैंक, कर्पोरेट डेभल्पमेन्ट बैंक, अरुण काबेली पावर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभल्पमेन्ट कम्पनी, कणार्ली डेभल्पमेन्ट बैंक लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

आज भएको कारोबारमा २३ कम्पनी लागनीकर्ताले कमाउदाँ १५८ कम्पनीमा लगानीकर्ताहरुले गुमाएका छन ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १५:१९ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...