back
CTIZAN AD

संवैधानिक इजलास विवाद : प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको अन्तरिम आदेश

वि.सं.२०७८ भदौ १७ बिहीवार

948 

shares

भदौ १७, काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्व परेको सुनुवाई प्रधानन्यायाधीश बिना नगर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश हरि फुयालको इजलासले सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित गर्न आदेश दिएको हाे।

सर्वोच्चको यो आदेशपछि शुक्रबार पेसी रहेको उक्त मुद्दा रोकिएको छ।

प्रधानन्यायाधीश संलग्न इजलासले गर्न हुने कि नहुने विषय टुंगो नलागेसम्म संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्धको सुनुवाई रोक्न अन्तरिम आदेश दिएको हो ।

साथै १५ दिनभित्र प्रधानन्यायाधीशको सहभागिता सम्बन्धमा लिखित जवाफ पेस गर्नसमेत सर्वोच्च न्याय परिषद् र कानुन व्यवसायी न्याय परिषद्लाई आदेश दिँदै लिखित जवाफ आएको तीन दिनभित्र मुद्दाको पेसी तोक्न सर्वोच्चले भनेको छ ।

आदेशमा भनिएको छ, ‘प्रस्तुत विषयहरु यस निवेदनको प्रयोजनको निमित्त महत्वपूर्ण भएको र उक्त विषयहरुको निर्क्योल गरेरमात्र निवेदनले निवेदनमा उठाएका हाल संवैधानिक इजलासमा चलिरहेको संविधानको धारा २८४ बमोजिम संवैधानिक परिषदमा सदस्य रहने प्रावधान प्रधानन्यायाधीश समेत संलग्न भई संवैधानिक निकायको नियुक्तिसँग सम्बन्धित प्रधानन्यायाधीश उक्त इजलासमा बस्ने नबस्ने भन्ने विषयलाई समेत टुंगो गरी संवैधानिक इजलासका सम्बन्धित मुद्दाहरु निर्णय गर्नुपर्ने देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त मुद्दाहरूको सुनुवाई नगर्नु नगराउनु भनि सर्वोच्च अदालत नियमावली २०७४ को उपनियम २ क बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

वि.सं.२०७८ भदौ १७ बिहीवार १७:४० मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...