back
CTIZAN AD

किरण गजमेरलाई अनेसासको ट्रष्टी प्रदान

वि.सं.२०७८ भदौ १७ बिहीवार

729 

shares

अमेरिका निवासी ’द भ्वाइस अफ नेपाल रियालिटी सो’का विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी सदस्यता प्रदान गरिएको छ । विदेशमा रहेर किरणले नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो ।

अनेसास वर्तमान विधान बमोजिम ट्रष्टीको सदस्यता शुल्क एक हजार अमेरिकी डलर रहेको छ । उक्त रकम एरिजोना निवासी अनेसास ट्रष्टीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गरेका हुन् । शर्माले किरणको गायन क्षमता, स्वर, कला र विदेशमा बसेर पनि नेपाली गीत संगीतमा उनको योगदानको उच्च प्रशंसा गरेका छन् ।

अनेसासले किरण गजमेरजस्ता युवा गायकलाई ट्रष्टीको सदस्यता प्रदान गर्न पाएकोमा हर्ष लागेको बताउदै ट्रस्टीका सभापति गीता खत्रीले भने, किरणजस्ता कला, संगीत, गायनमा ख्याती प्राप्त युवाहरुलाई अनेसासमा समेट्न पाएकोमा गौरव महसुस गरेका छन् ।

यसैगरी अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले प्रवासमा रहेर नेपाली संगीतको सेवामा समर्पित किरणको सांगीतिक लगावले युवापुस्तालाई प्रेरणा दिने बताए ।

बिओटी उपसभापति पदम विश्वकर्माले किरणजस्ता युवाको सहभागितामा अनेसासले नेपाली भाषा, साहित्य र कलालाई विश्वरङ्गमञ्वमा फैल्याउन सहयोग पुग्ने बताए ।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले पनि अनेसासमा किरणको आवद्दतालाई स्वागत गर्दै नेपाली वाङ्मयको विविध विधाको प्रवर्धनमा लागेको अनेसासलाई थप रङ् मिलेको बताए ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १७:४१ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...