back
CTIZAN AD

दुई लेनको २०० मिटर पुल नबन्दा नागरिक सास्ती खेप्दै

वि.सं.२०७८ भदौ १७ बिहीवार

714 

shares

१७ भदौ, महेन्द्रनगर । दुई लेनको २०० मिटर पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको छ ।

दुई लेनको २०० मिटर पुल समयमा नबन्दा लालझाडी गाउँपालिकाका नागरिकले सबैभन्दा बढी सास्ती खेप्नुपरेको हो । कञ्चनपुरको दोदा नदीमा छ वर्षअघि ठेक्का सम्झौता भएको पक्की पुलको निर्माण अलपत्र परेको छ ।

वि.सं २०७२ पुसमा रु २४ करोड ५३ लाखको लागत सम्झौता भएको सो पुल निर्माणका क्रममा समस्या देखिएपछि अलपत्र परेको हो । यहाँको वाणी–देखतभुली–पर्सिया जोड्ने सडकखण्ड अन्तर्गत दोदा नदीमा पक्की पुल लुम्बिनी–राजेन्द्र–कुमार श्रेष्ठ जेभीले निर्माणको जिम्मा पाए पनि पुल भने राजेन्द्र निर्माण सेवाले बनाइरहेको थियो । “पुलको फाउण्डेशनमै प्राविधिक समस्या देखिएपछि पुलको डिजाइन पुनः बनाएर सडक विभागमा पठाइएको छ”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकृत लक्ष्मण जोशीले भने, “दशैँलगत्तै निर्माण कम्पनीले आफ्नै लगानीमा पुल बनाउने छ ।”

प्राविधिक समस्या देखिए पनि पुल निर्माण विसं २०७५ यता हुनसकेको छैन । पुलका चारवटा पिलर निर्माण भए पनि अब नयाँ ठाउँमा निर्माण व्यवसायीले आफ्नै खर्चमा बनाउनुपर्ने भएको सूचना अधिकृत जोशीले बताए । “निर्माण व्यवसायी प्रक्रियालाई पूरा गरेर आफैँ पुल बनाउन लागिपरेको छ”, उनले भने, “बीचमा प्राविधिक समस्या देखिँदा केही ढिलाइ भएकै हो ।” भौगोलिकरूपमा विकट मानिएको लालझाडीमा विकास निर्माणको गति अन्यत्रभन्दा सुस्त हुँदा त्यहाँका नागरिक समस्यामा छन् । सो पुल नबन्दा स्थानीयवासी नदी तर्न रकम तिर्न बाध्य छन् । नदी तार्न यहाँ ट्युब राखेका छन् ।

लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले पुल नबन्दा गाउँपालिकाका १८ हजार नागरिक पूर्वपश्चिम राजमार्गसित जोडिन नपाएको बताए । “राजमार्गसित जोड्न नजिकको बाटो त्यही पुल भएर नै हो”, अध्यक्ष बडायकले भने, “निर्माण व्यवसायीले नै पुल बनाएर दिने कुरो सुने, त्यो समयमा होस् ।”

त्यसैगरी सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा कैलाली र कञ्चनपुरमा साना तथा ठूला गरेर नौवटा पुल निर्माण भएको जनाएको छ ।
रासस

वि.सं.२०७८ भदौ १७ बिहीवार १७:५३ मा प्रकाशित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...