back
CTIZAN AD

तेल उद्योगका डिपोमा अनुगमन के.एल. दुगड ग्रुपलगायतका कम्पनी कारबाहीमा

वि.सं.२०७८ भदौ १७ बिहीवार

834 

shares

१७ भदौ, पोखरा । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाइमा पोखरामा रहेका ३ वटा तेल तथा दल्हन डिपोमा अनुगमन भएका छन् ।

नारायणी मोडर्न पल्सेज इण्डष्ट्रिजको पोखरा शाखा, शिवशक्ति घ्यू उद्योग पोखरा शाखा र के.एल दुगड गु्रप पोखरा शाखामा अनुगमन भएको हो । अगनुमनका क्रममा तीन वटै उद्योगमा विभिन्न खालका नियम विपरितका काम गरेको पाइएको अनुुगमन समितिले जनाएको छ ।

अनुुगमनले समितिले तीनवटै उद्योगलाई कारबाही पनि गरेको जनाएको छ ।

के.एल. दुगड गु्रपले अनुुमति नै नलिई सञ्चालनमा अनुगमन समितिले कुन्दन र निलकमल ब्राण्डको तेलको डिस्ट्रिब्युटर्स नारायणी आयल रिफाइनरी प्रा.लि. पोखरा शाखाले मूल्यसूची नराखी कारोबार गरेको आरोपमा उपभोक्ता हित संरक्षण ऐन बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

यस्तै शिवशक्ति घ्यू उद्योग प्रा.लि.ले पनि शाखा अनुमती नलिइ कारोबार गरेकोले ऐनको दफा ३८ (ट) को कसुरमा दफा ३९ (घ) बमोजिम ५० हजार जरिवाना तिराएको छ ।

यस्तै के.एल. दुगड गु्रप पोखरा शाखालाई स्थानीय सरकारबाट व्यवसाय सञ्चालन अनुमति लिएको तर मापदण्ड पूरा नगरेको भन्दै एक हप्ताभित्र निर्देशनालयमा हाजिर हुन पत्र थमाएको छ ।

अनुगमन टोलीले तेलको खुद्रा मूल्यमा बढी नाफा राखेर अधिकतम मूल्य प्रिन्ट गरेको फेला पारेको छ । प्रति १ लिटर पाउँचको तेलमा ३० देखि ४० रुपैयाँसम्म नाफा राखेर मूल्य प्रिन्ट गरेको फेला परेको अनुगमनका सदस्य तथा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पोखराका सूचना अधिकारी भरतमणि बरालले बताए ।

अनुगमन गरिएका सबै डिपोहरुले शाखा कार्यालय उल्लेख गरे पनि कानूनबमोजिम शाखा सञ्चालन गर्ने अनुमति कुनैले लिएका छैनन् ।

नियमन जुन निकायले उद्योग, व्यापार दर्ता गरेको हुन्छ त्यही निकायबाट शाखा सञ्चालन अनुमति लिएर मात्र व्यापार गर्न पाइन्छ । बारा, पर्सा, विराटनगरमा उद्योग दर्ता गरेका अधिकांश उद्योगहरुले शाखा स्वीकृति लिएका छैनन् । अब शाखा अनुमति लिएर मात्र व्यवसाय सञ्चालन गर्ने सरकारी अनुगमन अधिकारी समक्ष व्यापारीहरुले प्रतिवद्धता जनाएका छन् ।

 

वि.सं.२०७८ भदौ १७ बिहीवार २१:०९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...