back
CTIZAN AD

अर्घाखाँचीको ओपिसी सिमेन्टले पायो ४३ ग्रेडको इजाजत

वि.सं.२०७८ भदौ १७ बिहीवार

672 

shares

१७ भदौ, काठमाडौं । अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई विहीबार४३ ग्रेडको प्रमाणपत्र दिएको हो ।

कम्पनीले गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्रीलाई प्राथमिकता राखेको जनाएको छ । ‘हाल सम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणीकरणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,’ कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो । क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट राम्रो कम्पनीभित्र पर्छ । गत वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै कम्पनीले आइपीओमा लैजाने प्रक्रिया सुरु गरिसकेको छ ।

२०७५ सालदेखि आफ्नो कुल उत्पादन क्षमतालाई बढाएर प्रतिवर्ष १० लाख टन पु¥याएको कम्पनीले लकडाउनमा समेत २०७७÷७८ मा १८ प्रतिशतले बिक्री बढाउन सफल भएको छ ।

कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले अर्को आर्थिक वर्षभित्र सेयर जारी गरिसक्ने बताए ।

वि.सं.२०७८ भदौ १७ बिहीवार २१:११ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...