back
CTIZAN AD

न्यूयोर्क र न्यूजर्सीमा आइडा तुफान, न्यूजर्सीमा आपतकालिन अवस्थाको घोषणा

वि.सं.२०७८ भदौ १७ बिहीवार

705 

shares

१७ भदौ, अमेरिका । अमेरिकाको न्यूयोर्क र न्यूजर्सी राज्यमा आइडा नामक मुसलधारे बर्षा सँगै आँधी र घुम्र्पात आएको छ । बुधबार साँझ आएको आँधीका कारण कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । आइडाबाट बढी प्रभावित न्यूजसीमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । नागरिकहरुलाई घरभित्रै बस्न बाहिर ननिस्कन स्थानीय सरकारले आग्रह गरेको छ ।

न्युयोर्क प्रहरी बिभाग तथा न्यू जर्सीको पासाइक शहरका नगर प्रमुख हेक्टर लोराले ७ जना न्युयोर्कमा र १ जना न्यूजर्सीमा जनाको ज्यान गएको बताएका छन् ।

न्युयोर्कमा १९२७ देखि पहिलो पटक यती मात्रामा वर्षा भएको जनाएको छ । सेप्टेम्बर १ का दिन दुई राज्यमा इतिहास मै सर्वाधिक वर्षा भएको छ । त्यसको साथै न्यूजर्सीमा घुम्र्पातले कैयौ घरहरु तहस नहस बनाएको छ ।

गत बुधबार ७.१३ इञ्च वर्षा भएको थियो भने १९२७ मा ३.८४ को वर्षा भएको अभिलेख छ । यसैगरी मौशम बिभागका अनुसार सेन्टर पार्कमा त्यस्तो किर्तिमान १८६९ मा भएको जनाएको छ ।

नेवार्कमा ८.४१ इञ्चको वर्षा अभिलेख गरिएको छ जुन १९५९ मा केवल २.२२ इञ्च मात्र अभिलेख गरिएको थियो । त्यस्तै फिलाडेफियामा पनि भारी वर्षा भएको र ठूलो भौतिक क्षति भएको बताइएको छ।

न्यूयोर्कले पनि पहिलो पटक बाढीको खतरा भएकोले आकस्मिक वर्षाको चेतावनी जारी गरेको छ ।
(इनेप्लिज डटकमको सहयोगमा )

वि.सं.२०७८ भदौ १७ बिहीवार १७:२८ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...